२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कामदारले सुरुङमा कसरी बिताए १७ दिन ?

२०८०, १३ मंसिर बुधबार ०७:१६

एजेन्सी  | भारतको उत्तरकाशीको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना मजदुर सबै सकुशल र स्वस्थ भएको समाचारमा जनाइएको छ ।

उनीहरूलाई चिन्यालीसौरको सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सक तथा विज्ञको निगरानीमा राखिएको थियो । सोही स्वास्थ्य केन्द्रमा उनीहरूले आराम गरेका थिए ।

१७ दिनपछि सुरुङबाट निकालिएका कामदारलाई राति अबेर र बिहान सामान्य खाना खुवाइएको थियो । उनीहरूको मानसिक स्वास्थ्यका लागि काउन्सिलिङ भइरहेको छ ।

उत्तरकाशीका सीएमओ आरसीएस पवारले बुधबार बिहान सबै कामदार स्वस्थ रहेको बताएका छन् । उनीहरूलाई दिउँसो एम्स ऋषिकेश लगिने छ ।


सुरुङबाट बाहिर आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नवयुवा इन्जिनियर कम्पनी लिमिटेडका शाबा अहमदसँग कुरा गरेका थिए । यस क्रममा प्रधानमन्त्रीले १७ दिन धेरै लामो भएको बताएका थिए ।

प्रधानमन्त्री मोदीले सुरुङभित्र कामदारहरूले ठूलो हिम्मत देखाएको बताएका थिए । एकअर्काको साहस र धैर्यता कायम राखेको बताउँदै उनले निरन्तर जानकारी लिइरहेको बताए ।

यस क्रममा शाबाले आफूहरू कमजोर हुँदै छौं भन्ने महसुस नभएको बताए । ‘कहिल्यै नर्भस महसुस गरेनौँ, सबै मजदुरहरू फरक-फरक राज्यका थिए, तर हामी दाजुभाइजस्तै बस्यौँ, खाना आउँदा सबै मिलेर खान्थ्यौँ,’ उनले भने ।

यस क्रममा प्रधानमन्त्री मोदीले मैले सुनेको छु कि तपाईं पनि सुरुङमा योग गर्नु हुन्थ्यो ?

प्रधानमन्त्रीको प्रश्नमा शाबाले आफूहरू बिहान योगा गर्ने, खानु र पिउनुबाहेक केही गर्नु नपरेको बताए । उनीले आफूहरू स्वास्थ्य रहन बिहान पैदल यात्रा र योग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल