2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा युवा सम्मेलन कार्यक्रम सम्पन्न

रबिन्द्र यादव/ असोज २३ नवलपरासी । नवलपरासीको सोमनी र ठुलो खरेटवा गाउँ विकास समिति मा युवाहरुको सम्मेलन सम्पन्न भएको छ । मधेस युवा उत्थान विकास मंच नवलपरासी का अध्यक्ष धिरज त्रिपाठीको अध्यक्षता रहेको सम्मेलनमा तमलोपा गाविस एकाइ संयोजक अलिहास अन्सारीको प्रमुख अतिथ्यतता रहेको थियो ।

सम्मेलन इसरायल अन्सारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा मंचका सचिव रामेश्वर कोइरीले मंचको उद्देश्य माथी प्रकाश पार्नु भएका थिए । हाल मधेस युवा उत्थान विकास मंचले समाज रुपान्तरण मा विभिन्न गाविसहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै उपसमितिहरु गठन गर्दै आएको देखिन्छ । यसै गरि आजको सम्मेलनले जप गोविन्द यादवको नेतृत्वमा ११ सदस्यीय ठुलो खरेटवा गाविस स्तरिय उप समिति गठन गरेको छ जसको उपाध्यक्षमा जगइ सहानी, सचिव मोहनलाल गुप्ता, कोषाध्यक्ष लक्ष्मी हरिजन लगायतका रहेका छन । त्यसैगरी आज नै सोमनी गाविसमा पनि युवा सम्मेलन भएको छ ।

मंचका संयोजक धिरज त्रिपाठीको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी दलसिंगार यादव, जय गोविन्द यादव लगायतहरुको सहभागिता रहेको थियो । सो सम्मेलनले लक्ष्मण यादवको नेतृत्वमा ११ सदस्यीय सोमनी गाविस स्तरिय उप समिति चयन गरेको छ । यसको उपाध्यक्षमा सिंधु चौधरी, सचिव सरवन शर्मा कोषाध्यक्षमा अन्तिमा चौधरी लगायतका रहेका छन भने कार्यक्रम संचालन अम्मर यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई