८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा युवा सम्मेलन कार्यक्रम सम्पन्न

२४ आश्विन २०७३, सोमबार ०६:५३

रबिन्द्र यादव/ असोज २३ नवलपरासी । नवलपरासीको सोमनी र ठुलो खरेटवा गाउँ विकास समिति मा युवाहरुको सम्मेलन सम्पन्न भएको छ । मधेस युवा उत्थान विकास मंच नवलपरासी का अध्यक्ष धिरज त्रिपाठीको अध्यक्षता रहेको सम्मेलनमा तमलोपा गाविस एकाइ संयोजक अलिहास अन्सारीको प्रमुख अतिथ्यतता रहेको थियो ।



सम्मेलन इसरायल अन्सारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा मंचका सचिव रामेश्वर कोइरीले मंचको उद्देश्य माथी प्रकाश पार्नु भएका थिए । हाल मधेस युवा उत्थान विकास मंचले समाज रुपान्तरण मा विभिन्न गाविसहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै उपसमितिहरु गठन गर्दै आएको देखिन्छ । यसै गरि आजको सम्मेलनले जप गोविन्द यादवको नेतृत्वमा ११ सदस्यीय ठुलो खरेटवा गाविस स्तरिय उप समिति गठन गरेको छ जसको उपाध्यक्षमा जगइ सहानी, सचिव मोहनलाल गुप्ता, कोषाध्यक्ष लक्ष्मी हरिजन लगायतका रहेका छन । त्यसैगरी आज नै सोमनी गाविसमा पनि युवा सम्मेलन भएको छ ।



मंचका संयोजक धिरज त्रिपाठीको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी दलसिंगार यादव, जय गोविन्द यादव लगायतहरुको सहभागिता रहेको थियो । सो सम्मेलनले लक्ष्मण यादवको नेतृत्वमा ११ सदस्यीय सोमनी गाविस स्तरिय उप समिति चयन गरेको छ । यसको उपाध्यक्षमा सिंधु चौधरी, सचिव सरवन शर्मा कोषाध्यक्षमा अन्तिमा चौधरी लगायतका रहेका छन भने कार्यक्रम संचालन अम्मर यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता