२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आठ हजार बढी युवा क्रोएसिया, माल्टा र पोल्याण्ड जाँदा ९३ प्रतिशत कन्सल्टेन्सी र व्यक्तिले पठाए

२०८०, १५ मंसिर शुक्रबार ०६:०७

मङ्सिर १५, काठमाडौँ । पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । गत चार महिनाको रेकर्डलाई हेर्ने हो भने यी तीन देशमा रोजगारमा जाने युवाहरु ८ हजार ५९१ जना रहेका छन् । जसले मध्ये संस्थागत रुपमा जानेहरुको संख्या ६३९ जना मात्र रहेको पाइएको छ । 

माथिको संख्यालाई आधार मान्ने हो भने संस्थागत रुपमा वैदेशिक रोजगारमा यी देशमा जानेहरुको संख्या ७ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारले युरोप रोजगारको लागि सहजीकरण नगर्दा युरोप रोजगारको क्रममा व्यति तथा कन्सल्टेन्सीहरुको धन्दा बढ्दै गएको पाइएको छ । त्यसो त कतिपयले म्यानपावर खोलेर वैदेशिक रोजगार नीति बिपरित व्यक्तिगत श्रम स्वीकृतिमा समेत वैदेशिक रोजगारको धन्दा चलाउँदै आएको पाइएको छ । यो आर्थिक बर्ष सुरु भए यता क्रोएसिया जान ४००८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिदा ५३७ जनाले मात्र संस्थागत रुपमा रोजगारमा गएको पाइएको छ । त्यस्तै माल्टा रोजगारको लागि ३०४१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिंदा १०२ जनाले मात्र संस्थागत रुपमा श्रम स्वीकृत लिएको पाइएको छ । यता ९०३ जनाले पोल्याण्ड जान व्यक्तिगत श्रम स्वीकृति लिंदा संस्थागत रुपमा रोजगारमा जानेको संख्या शुन्य रहेको पाइएको छ । 




व्यक्ति आफ्नै प्रयासमा युरोप रोजगारमा जान सक्ने नीति रहेपनि युरोप रोजगारमा जाने यति धेरै संख्या व्यक्ति-व्यक्ति आफ्नै प्रयासबाट मात्र भएको भने होइन । पछिल्लो समय अवैधानिक व्यक्ति तथा कन्सल्टेन्सीको सक्रियतामा धमाधम श्रम स्वीकृति लिंदै वैदेशिक रोजगारमा जाने क्रम चलिरहेको छ । यसरी युवा गईरहेको विषयमा सम्बन्धित निकाय जानाकार भएपनि नियन्त्रणको पाटो निकै फितलो बनाइएको छ । अवैधानिक क्रियाकलाप गर्नेहरुलाई कडाई छैन । सम्बन्धित निकायमा उजुरीनै पुगेपनि पैसामा मिलाएर अवैध काम गर्ने छुट दिइदै आएको छ । 

यसरी व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको संख्या हावी हुँदा कन्सल्टेन्सी तथा व्यक्तिगतरुपमा नीतिले अवैधानिक मानेका व्यक्तिहरुको यो क्षेत्रमा हालीमुहाली बढ्दै गएको छ । यसरी वैदेशिक रोजगार नीतिभन्दा बाहिर रहेर अवैधानिक प्रक्रियाको हावी हुँदा बेथितिसँगै ठगि पनि बढ्दै गएको छ । युरोप रोजगारको प्रलोभनमा एक घर एक पीडित जस्तै अवस्था रहेको गुनाशो छ । यस्तो बेथितिको वातावरण मौलाईरहँदा श्रम मन्त्रालय मुकदर्शक बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो