२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१ महिनामा १ लाख ८ हजार बढी विदेशी पर्यटकले गरे नेपाल भ्रमण

२०८०, १५ मंसिर शुक्रबार ०८:०७

मङ्सिर १५, काठमाडौँ | नेपालमा पछिल्लो अंग्रेजी महिना (नोभेम्बर)मा १ लाख ८ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाली पात्रोअनुसार यो कात्तिक बीचदेखि मंसिर महिनाको मध्य सम्मको अवधि हो। 

पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। गत वर्षको सोही महिनामा ७२ हजार पर्यटक नेपाल आएका थिए। 


सन् २०२३ को ११ महिना सकिँदै गर्दा ९ लाख १८ हजार ३०८ पर्यटकले नेपाल भ्रमण गरिसकेको बोर्डले जारी गरेको तथ्याङ्कमा उल्लेख छ। 

यस्तै, सो महिनामा नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक भारतका रहेका छन्। सो महिनामा उक्त देशबाट २४ हजार ५०० हाराहरी पर्यटक आएको बोर्डले उल्लेख गरेको छ। त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार पर्यटक नेपाल आएका छन्। यस्तै, नेपाल भ्रमणमा आउनेमा थाइल्याण्ड, बंगलादेश, जर्मनी, श्रीलंका, फ्रान्स नागरिक पनि छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश