१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

१५ मंसिर २०८०, शुक्रबार ०९:२८

मङ्सिर १५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् ।

उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि  सर्बिया पठाइदिन्छु  भन्दै प्रतिव्यक्ति  ८ लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि बास्कोटा फरार भएका थिए । उनले मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी हिजो पक्राउ गरिएको कार्यालयले जनाएको छ । यस्तै, माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ उठाएर फरार भएकी धादिङ त्रिपुरा सुन्दरीकी लक्ष्मी श्रेष्ठ पनि पक्राउ परेकी छिन् ।

माल्टामा मासिक एक लाख रुपैयाँ तलब हुने र त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ भनेर लक्ष्मीले दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकी थिइन्। उनलाई हिजो बाफलबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार