१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै झुटो जाहेरी दिई फसाउन खोज्ने एक महिला पक्राउ

१७ मंसिर २०८०, आईतवार ०७:२४

मङ्सिर १७, काठमाडौँ | बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।

कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए ।


विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलसँगको बयानमा कमलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । उनका अनुसार ३/४ वर्षअघि रमेशले सञ्चालन गरेको होटलमा उनी काम गर्थिन् । त्यसयता आफूलाई बेलाबखत उनले पैसा पनि दिने गरेको बयानका क्रममा उल्लेख गरेकी छिन् ।

२/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि बताएकी छिन् । विभिन्न दबाब दिएर आफूलाई जाहेरी दिन लगाइएको उनको भनाई छ ।

रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको कमलाको दाबी छ ।

विशालका अनुसार बलात्कार भएको भनिएको दिन उक्त होटलमा उनकै मोबाइल नम्बर इन्ट्री गरिएको थियो । उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । रमेश भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । रमेश र अनिताविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार