२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा २० लाख कुकुर छोडिदिने कृषकहरुको चेतावनी

२०८०, १७ मंसिर आईतवार ०८:५३

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव आएसँगै कृषकहरु सरकारसँग आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् ।


‘कुकुर पाल्ने कृषकहरु सरकारको यो प्रस्तावबाट निकै आक्रोशित छौँ । सरकारले गरेको प्रस्ताव फिर्ता नलिए हामी २० लाख कुकुर सडकमा छोडिदिनेछौँ’, कृषक जुयो ओङ्ले भने ।

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ ।

सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ । सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ