१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शरणार्थी प्रकरण : धरौटीमा रिहा गर्न दिएको आदेश पत्र अदालतमा, कोही गएनन् धरौटी बुझाउन

१७ मंसिर २०८०, आईतवार १०:०६

मङ्सिर १७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका ६ अभियुक्तलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको पत्र जिल्ला अदालतमा पुगेको छ। 

तर आइतबार दिउँसोसम्म धरौटी बुझाउन कोही पनि नआएको काठमाडौँ जिल्ला अदालत प्रशासनले जनाएको छ। 

‘हामीकहाँ उच्च अदालतको आदेशसहितको पत्र प्राप्त भइसकेको छ। तर अहिलेसम्म धरौटी बुझाउन कोही पनि आउनु भएको छैन’, अदालतका एक अधिकारीले भने। 

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ४ जनालाई साधारण तारेखमा र ९ जनालाई थुनामा राख्न आदेश भएको छ। तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १० दिन लामो सुनुवाइपछि शुक्रबार आदेश सुनाएको हो।

यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नरेन्द्र केसीलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर उनीहरू दुवै जनाका आफन्त अहिलेसम्म धरौटी बुझाउन गएका छैनन्। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई उच्च अदालतले पनि थुनामा पठाउने आदेश सदर गरेको छ। तर उनका छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सन्दीपलाई सबैभन्दा बढी धरौटी तोकिएको हो।


उनलाई जति नै बालकृष्ण खाँणलाई पनि न्यायाधीश पाण्डेले धरौटी तोक्ने राय दिएका थिए। तर यसमा अर्का न्यायाधीश खरेल सहमत नभएपछि आदेश हुन सकेन। 

सन्दीप रायमाझीको पक्ष पनि अहिलेसम्म धरौटी बुझाउन अदालत गएका छैनन्।

यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी सञ्चालक हरिभक्त महर्जन पनि धरौटी बुझाउन गएका छैनन्। उनीहरूलाई उच्च अदालतले समान १५ लाख रुपैयाँका दरले धरौटी माग गरेको छ। 

रामशरण केसीलाई पनि १५ लाख रुपैयाँ नै धरौटी माग गरिएको छ। तर उनी पनि धरौटी बुझाउन गएका छैनन्। 

यसअघि जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गरेकी लक्ष्मी महर्जन र टंककुमार गुरुङ, सहित थुनामा पठाएका आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार