२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शरणार्थी प्रकरण : धरौटीमा रिहा गर्न दिएको आदेश पत्र अदालतमा, कोही गएनन् धरौटी बुझाउन

२०८०, १७ मंसिर आईतवार १०:०६

मङ्सिर १७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका ६ अभियुक्तलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको पत्र जिल्ला अदालतमा पुगेको छ। 

तर आइतबार दिउँसोसम्म धरौटी बुझाउन कोही पनि नआएको काठमाडौँ जिल्ला अदालत प्रशासनले जनाएको छ। 

‘हामीकहाँ उच्च अदालतको आदेशसहितको पत्र प्राप्त भइसकेको छ। तर अहिलेसम्म धरौटी बुझाउन कोही पनि आउनु भएको छैन’, अदालतका एक अधिकारीले भने। 

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ४ जनालाई साधारण तारेखमा र ९ जनालाई थुनामा राख्न आदेश भएको छ। तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १० दिन लामो सुनुवाइपछि शुक्रबार आदेश सुनाएको हो।

यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नरेन्द्र केसीलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर उनीहरू दुवै जनाका आफन्त अहिलेसम्म धरौटी बुझाउन गएका छैनन्। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई उच्च अदालतले पनि थुनामा पठाउने आदेश सदर गरेको छ। तर उनका छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सन्दीपलाई सबैभन्दा बढी धरौटी तोकिएको हो।


उनलाई जति नै बालकृष्ण खाँणलाई पनि न्यायाधीश पाण्डेले धरौटी तोक्ने राय दिएका थिए। तर यसमा अर्का न्यायाधीश खरेल सहमत नभएपछि आदेश हुन सकेन। 

सन्दीप रायमाझीको पक्ष पनि अहिलेसम्म धरौटी बुझाउन अदालत गएका छैनन्।

यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी सञ्चालक हरिभक्त महर्जन पनि धरौटी बुझाउन गएका छैनन्। उनीहरूलाई उच्च अदालतले समान १५ लाख रुपैयाँका दरले धरौटी माग गरेको छ। 

रामशरण केसीलाई पनि १५ लाख रुपैयाँ नै धरौटी माग गरिएको छ। तर उनी पनि धरौटी बुझाउन गएका छैनन्। 

यसअघि जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गरेकी लक्ष्मी महर्जन र टंककुमार गुरुङ, सहित थुनामा पठाएका आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश