८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पुल नबन्दा भौतिक पूर्वाधार निर्माणमा बाधा

२६ आश्विन २०७३, बुधबार ०२:१८

असोज २६, खोटाङ | मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ । 

सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो । 

२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्षमा पनि काम हुन सकेको छैन । 

पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो । 

डिजाइन एप्रुभड, मुआब्जालगायतका कारण २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख उद्धव रानाले बताउनुभयो । रानाका अनुसार ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ । 

पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ । 

दिक्तेलदेखि हलेसीसम्मको सडक (४२ किलोमिटर) एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकिएको छैन । यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्टक्स, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ । 

मुख्य पुल र सडक नबन्दा जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउँस्तरीय गरी ५८६ किलोमिटर सडक पनि सञ्चालनमा समस्या भएको छ । जिल्लामा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक ५८७ वटा र गाउँस्तरीय २१३ वटा गरी ८०० किलोमिटर सडक बनाउने जिल्ला यातायात गुरुयोजना अनुसार सडकको ट्रयाक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता