2026-08-23 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० सिरिज: अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले जित्यो सिरिज

मङ्सिर १८, काठमाडौं | रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।

एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको हो ।

चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले र्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए ।

बलिङतर्फ भारतका लागि मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो