२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

२०८०, १८ मंसिर सोमबार ०६:१२

एजेन्सी | हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ ।

इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो । पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।

यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएको बताएको छ ।

नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए ।

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएको बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश