२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजोपीडित नेहा चौधरी रुँदै पुगिन् दुर्गा प्रसाईंको दैलोमा

२०८०, १८ मंसिर सोमबार ०८:०६

मङ्सिर १८, काठमाडौँ |  श्रीमान् र परिवारबाट घरेलु हिंसामा परेकी महोत्तरीकी नेहा चौधरी रुँदै दुर्गा प्रसाईंसँग गुहार माग्न पुगेकी छन् । उनी हिजो प्रसाईंको भक्तपुरस्थित घरमै पुगेर बिलौना गरिन् ।

प्रसाईंलाई भेटेर नेहाले श्रीमान्‌का परिवारबाट अझैसम्म पनि धाकधम्की सहनुपरेको गुनासो गरेकी थिइन् । प्रसाईंले उनलाई ढाडस दिँदै न्याय दिलाउने प्रतिवद्धता जनाए ।

‘तिमी आएर यहाँ यसरी रुँदा मेरो छोरी रोएजस्तो भएको छ, के हो तिम्रो समस्या भन त छोरी ?’ प्रसाईंले भनेका थिए ।


नेहाले त्यसपछि सबै बेलिबिस्तार लगाइन् । श्रीमान् र परिवारले यातना दिएर घरबाट निकालेको, सम्वन्ध विच्छेदको मुद्दा दायर गरेको, आफूले दाइजोको मुद्दा दिएपछि श्रीमान् पक्राउ परेको तर, केही महिनामा छुटेको उनले सुनाइन् । नेहाका अनुसार उनका श्रीमान् अहिले भारत, सितामढीको अस्पतालमा कार्यरत छन् । अदालतमा मुद्दा टुंगिएको छैन ।

अहिले पनि श्रीमान्‌का परिवार र नातेदारहरूले आफूलाई माइतीघरमै आएर मुद्दा फिर्ता लिन धाकधम्की दिने गरेको नेहाको भनाइ छ ।

‘उहाँको भिनाजु हिजो पनि मान्छेहरु लिएर मेरो घरमै आउनुभएको थियो । मुद्दा फिर्ता नलिएर राम्रो हुँदैन भनेर धम्क्याउनु भयो । त्यसपछि म भागेर काठमाडौं आएको हो,’ उनले भनिन् ।

नेहाको कुरा सुनेपछि प्रसाईंले थप्थपाउँदै भने, ‘छोरी, तिमी अब चिन्ता नलेउ, तिमीलाई न्याय दिने काम हामी गर्छौं ।’

त्यसपछि उनले आफ्नो संगठनकी महिला नेतृलाई उनको जिम्मेवारी लिन आग्रह गरे ।

ती नेतृले नेहालाई ‘तपाईं एकदम सही ठाउँमा आउनुभएको छ । अब तपाईंको मुद्दाबाटै हाम्रो नागरिक बचाउने अभियान सुरु हुन्छ । यस्ता भुस्याहालाई म त्यत्तिकै छोड्नेवाला छैन । बरु मर्न तयार हुन्छु, तर पछि हट्दिन ।’

महोत्तरीकी नेहा काठमाडौंमा बसेर प्लस टु पढ्दै गर्दा सोही जिल्लाका पंकज चौधरीसँग प्रेम भएको थियो । पंकज एमबीबीएस डाक्टर हुन् ।

नेहाका अनुसार उनीहरुको विवाहमा बुवाले पंकजलाई ५१ लाख रुपैयाँ नगद र २० तोला सूनसहित प्रशस्तै दाइजो दिएका थिए । विवाहमा परिवारले सम्पत्ति बेचबिखन गरेर १ करोड २५ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ । तर, विवाहपछि काठमाडौंमा घर दिनुपर्ने माग गरेको र त्यही निहुँमा यातना दिन थालेको नेहाले बताएकी छन् ।

नेहा र पंकजबीच २५ फागुन २०७८ मा जनकपुरको राजदरबार होटलमा विवाह भएको थियो । विवाहको चार महिनापछि नै कलह सुरु भएको हो । नेहाले श्रीमान र परिवारका सदस्यविरद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, मानचामल र अंश मुद्दा दायर गरेकी छन् । पंकजले भने सम्वन्धविच्छेको मुद्दा हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय