2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पशुपतिमा शव व्यवस्थापन गर्दै आएका व्यक्ति पक्राउ

मङ्सिर १८, काठमाडौँ | पशुपतिमा अन्तिम संस्कारका लागि पुगेका शव व्यवस्थापन गर्ने व्यक्तिले नै ४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विगत १२ वर्षदेखि पशुपतिमा शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–८ घर भई भएका खरेललाई पक्राउ गरेर बलात्कार कसुरमा मुद्दा चलाइएको हो। 

खरेलले गत कात्तिक २३ गते ४ वर्षीया बालिकाको मुखमा ‘सेक्स’ गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पिंगलास्थानस्थित एक पसलको शौचालयमा खरेलले ती बालिकालाई बलात्कार गरेको बताइएको छ।

पिंगलास्थानको एक पसलमा मदिरा सेवन गरेका खरेलले खेल्दै गरेकी ४ वर्षीया बालिकालाई समातेर जबरजस्ती उनको मुखमा लिंग छिराएर बलात्कारर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

खरेलले समेत बयानमा उक्त कुरा स्वीकार गरेका छन्। कात्तिक २३ गते दिउँसो २ बजेतिर पिंगलास्थानमा पोर्न भीडियो हेर्दै आफूले मदिरा सेवन गरेको खरेलले बताएका छन्। सो क्रममा पिसाब फेर्न शौचालय जाने क्रममा शौचालय अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको उनले बयानमा स्वीकारेका छन्। 

‘म पोर्न भीडियो हेर्दै मदिरा पिइरहेको थिएँ। सोही क्रममा पिसाब फेरेर बाहिर निस्किँदा निर्वस्त्र भएकी बालिका देखेँ। उनलाई शौचालयमा बोलाउँदा आइनन्। त्यसपछि मैले उनको हातमा समातेर शौचालय भित्र लगेँ र चुकुल लगाएँ। त्यसपछि बालिकाको मुखमा आफ्नो लिङ्ग छिराएँ। त्यसपछि बालिका कराउन थालेपछि उनलाई छाडिदिए,’ खरेलले बयानमा भनेका छन्।

लगत्तै बालिकाले आफ्नो बुवालाई घटनाबारे बताएकी थिइन्। तत्कालै त्यही पसलबाट खरेललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो। 

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर खरेलमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकेर प्रहरीले पठाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासमा खरेलको अहिले बकपत्र भइरहेको छ। खरेलले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक