१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आईपीएल २०२४: १० टिममा ७७ खेलाडीले पाउनेछन् स्थान, नेपाली खेलाडी पर्लान्?

१८ मंसिर २०८०, सोमबार ०८:४२

मङ्सिर १८, काठमाडौँ | इन्डियन प्रिमियम लिग आईपीएलको मिनी अक्सन १९ डिसेम्बरमा यूएईको दुबईमा हुँदैछ। आईपीएलमा १० वटा टोली छन्। उनीहरुले अधिकांश पुरानै खेलाडीहरु दोहोर्‍याउने देखिन्छ। यही कारण अधिकतम् ७७ खेलाडी खरिद हुने देखिन्छ। जसमा ३० जना विदेशी खेलाडी नयाँ खरिद हुनेछन्। 

टिमहरुसँग २६२.९५ करोड रुपैयाँ खेलाडी खरिदका लागि बाँकी छ। हरेक टिमको खल्तीमा १०० करोड हुनेछ।

स्टार्क ५ वर्षपछि अक्सनमा 

एक दिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका अस्ट्रेलियाका  तीव्र गतिका बलर स्टार्क, कमिन्स र हेजवुडले अक्सनका लागि आफ्नो नाम दिएका छन्। तीव्र गतिका बलर स्टार्क ५ वर्षपछि अस्नमा सहभागी भएका हुन्। उनले २०१८ मा अन्तिम पटक कोलकाता नाइट राइइडरका लागि खेलेका थिए। उनी घाइते भएका कारण कुनै पनि खेल खेल्न सकेनन्। उनले २०१५ मा रोयल च्यालेन्जर्स र आरसीबीको टिममा रहेर खेलका थिए। 


नेपालसहित एसोसिएट देशका ४५ खेलाडी सहभागी 

नाम लेखाउने १ हजार १६६ खेलाडीमध्ये २१२ खेलाडीले टी- २० इन्टरनेसनल खेलमा डेब्यू गरेका छन् भने ९०९ अनक्याप्ट खेलाडी जसले अन्तर्राष्ट्रिय टि- २० मा डेब्यू गरेका छैनन्। जबकी ४५ खेलाडीहरु नेपाल स्कटल्याण्ड, नेदरल्याण्ड, यूएई जस्ता देशका छन्। 

भारतमा ८१२ घरेलु खेलाडीमा लाग्नेछ बोली 

१ हजार १६६ मध्ये भारतका ८३० खेलाडी हुनेछन्। यसमा १८ जनालाई मात्र अन्तर्राष्ट्रिय खेलको अनुभव छ। जबकि घरेलु क्रिकेट खेल्ने ८१२ खेलाडी पनि लिलाममा सहभागी हुनेछन्। क्याप्ड प्लेयर्समा ४ खेलाडीको हकमा आधार बोली २ करोड रुपैयाँ हुन सक्छ। बाँकी १४ खेलाडीको बेस प्राइस ५० रुपैयाँ हुन सक्नेछ। 


Sagarmatha cement

nimb

१८ क्याप्ड खेलाडीमा शार्दुल ठाकुर, उमेश यादव, जाधव र हर्षल बाहेक बरुण आरोन, केएस भारत, सिद्धार्थ कौल, धवल कुलकर्णी, शिवम मावी, शाहबाज नदिन, करण नायर, मनिष पाण्डे, चेतन साकरिया, मनदीप सिंह बरिदर सरन, जयदेव उनादकट, हुमना हनुमा बिहारी र सन्दीप बारियर हुनेछन्। 

मार्चको तेस्रो हप्ता हुनसक्छ आईपीएल 

आईपीएल १७औं सिजनको खेल अर्को वर्षको मार्चको तेस्रो साता सुरु भएर मेको तेस्रो हप्तामा सकिनेछ। २०२४ मा हुने भारतमा लोक सभाको चुनावको मिति तय भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलको मिति गर्नेछ। 

यसपटक केही खेलाडीहरुको उच्च मूल्य तोकिएको छ। उच्चतम् मूल्य २ करोडको सूचीमा अस्ट्रेलियाका मिचेल स्टार्क, जोश हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स छन्। त्यस्तै भारतका हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव छन्। त्यस्तै  ट्रविस हेड, जोश इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायतले पनि यो न्यूनतम मूल्यमा परेका छन्। 

विश्वकप २०२३ मा  उत्कृष्ट  प्रदर्शन गरेका न्यूजिल्याण्डका रचिन रविन्द्रले पनि प्रवेश पाएका छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु राखिएको छ। यस पटकको अक्सनमा न्यूजिल्याण्डबाट डर्याल मिचेल, रचिन रविन्द्र र मिचेल स्टार्क महँगो मूल्यमा बिक्ने आकलन गरिएको छ। 

नेपालबाट पनि केही खेलाडीहरु ११६६ को सूचीमा सूचीकृत भएका छन्। उनीहरु दोस्रो चरणको छनोट हुँदै ७७ भित्र पर्लान् त? भन्ने प्रश्न उठेको छ।

नेपालको पछिल्ला खेलहरुले अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ। चीनमा भएको एसियन गेम्स र एसिया कपमा नेपालले गरेको प्रदर्शनका साथै विश्वकप छनोटको समयमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गरेका कारण आईपीएलमा केही नेपाली खेलाडीहरुमाथि बोली लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार