देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। 

सोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। 

सोम"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न वडाध्यक्षको घरमा आगो

१९ मंसिर २०८०, मंगलवार ०७:५०

मङ्सिर १९, धनकुटा | आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको  पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। 

सोमबार बिहान १२:४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो। 

धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।


‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्', धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने। 

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ छ। 

कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको पनि बताए।

'परिवारका सदस्य माथिल्लो तलामा थिए, ताला तलको तलामा थियो', एसपी कोइरालाले भने, 'रिस फेर्न आगो लागाएको देखिन्छ।'  

अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए। 

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार