2026-11-01 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ टीमलाई बिदाइ गर्दै खेलकुदमन्त्रीको टीप्स- छक्कै–छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस

मङ्सिर १९, काठमाडौँ | यू १९ एसिया कप खेल्न यूएई जाने टीमलाई आज औपचारिक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा खेलकुदमन्त्री दिगबहादुर लिम्बु तथा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले यो प्रतियोगिता यू १९ विश्वकपका लागि महत्वपूर्ण हुने बताए । नेपाली अन्डर १९ टीमले धेरै ऐतिहासिक उपलब्धिहरु हासिल गरेको उल्लेख गर्दै उनले आफूलाई प्रुफ गर्ने अवसरका रुपमा लिन खेलाडीहरुलाई सल्लाह दिए ।

खड्काले भने, ‘अन्डर १९ भनेको सिनियर टीमको बेन्च स्ट्रेन्थ पनि हो । तपाईंहरुले यसलाई आफूलाई प्रुफ गर्ने र रेकर्ड बनाउने अवसरका रुपमा लिन सक्नुहुन्छ ।’ नेपाली टीमका कप्तान देव खनालले टीमको तयारी राम्रो रहेको बताए । सिनियर टीमले कायम गरेको उच्च प्रदर्शनलाई युवा टीमले पनि अघि बढाउने उनको भनाइ थियो ।

खनालले भने, ‘तयारी राम्रो भएको छ । सिनियर टीमसँग पनि हामीले ४/५ म्याच खेल्यौं । अब टेस्ट प्लेइङ राष्ट्रसँग खेल्दैछौं । सिनियर दाईहरुको मोमेन्टम क्यारी गर्ने लक्ष्य लिएका छौं ।’

कार्यक्रममा नेपाली यू १९ टीममा प्रशिक्षक जगत टमाटाले आफ्नो टीमका खेलाडीहरुले सरकारद्वारा घोषित पुरस्कार नपाएको गुनासो गरेका थिए । यस सम्वन्धमा उनले मन्त्रीसमक्ष जवाफ मागे ।

खेलकुदमन्त्री दिगबहादुर लिम्बुले खेलाडीहरुले एक दुई दिनमा नै घोषित पुरस्कार पाउने आश्वासन दिए । विगतमा पुरस्कार वितरण सम्बन्धमा रहेका जटिलतालाई सरकारले फुकाइसकेको भन्दै उनल अब समस्या नआउने प्रतिवद्धता समेत जनाए ।

मन्त्री लिम्बुले खेलाडीहरुलाई टीप्स दिन पनि भ्याए । उनले चौका–छक्का हान्नेभन्दा पनि सम्हालिएर खेल्न सुझाव दिए ।

मन्त्री लिम्बुको सम्बोधन यस्तो थियोः

पुरस्कारको कुराले पहिले त निकै सकस बनाएको थियो । अहिले त्यस्तो अवस्था छैन । मन्त्रालयमा सानो काम बाँकी छ । पैसा आइसकेको छ । अर्थले स्वीकृति दिइसकेको छ । विगतमा अलिकति जटिलता थियो । त्यो सबै गाँठो फुकाएर अब सजिलो बनाइएको छ । हामीले कमिटमेन्ट गरेका छौं कि खेल जितेर आएको ७ देखि १५ दिनभित्र पुरस्कार रकम निकासा गसिक्नुपर्छ ।

अब दुई दिनभित्र खातामा पुग्छ । आज कार्यक्रममा राखेर पुरस्कार पनि बितरण गरौं भन्न खोज्या थियौं । खाली हातजस्तो भयो । तर, २ दिनमा पुग्छ । यसमा ढुक्क हुन आग्रह गर्छुृ ।

मैले (नेपालको खेल) हेर्या छु । इन्डियामा त अहिले नेपालकै प्रचार हुन्छ । इन्डियन च्यानलले नेपालकै प्रचार गरेका छन् । नेपालको समूहमा पाकिस्तान र भारत छन् होइन ? नेपालले सँधै डाइरेक्ट पाकिस्तान र भारतसँग फेस गर्नुपर्ने अवस्था छ ।

यो पार पाइसकेपछि मलाई लाग्छ, पहिलो फेजमा यो टीमहरु फेस गरिरहनु पर्दैन । अर्को टिमसँग जान्छजस्तो लाग्छ मलाई । यसका लागि तपाईंहरु सक्षम हुनुहुन्छ । यो पार लगाउनुस । फर्केर आएपछि पुरस्कार राशी हस्तान्तरण गर्छौं । मन सानो नगरी अगाडि बढ्नुस ।

म एउटा कुरा के भन्न चाहन्छु भने, छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । सबै नेपाली जनताले तपाईंहरुलाई हेरिरहेको छ । राष्ट्रिय गौरब बोकेर जाँदै हुनुहुन्छ । उत्साहीत भएर खेल्नुस तर पनि के भन्छु भने छक्का प्राप्त गर्ने नाममा, छक्कै–छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । गेमलाई कन्ट्रोल गर्न, बसमा लिन पनि केही ‘ब्याक’ हट्र्नुपर्छ ।

यसो हेर्छु कहिलेकाहीँ । छक्का चौका हान्ने सुरमा चुकेको हो कि जस्तो हो कि जस्तो लाग्छ मलाई । म क्रिकेट खेलाडी होइन । सुरुमा त सिक्या हो । ब्याटसँग बल जुधेर अम्ला फुटेपछि छोडिदिएँ । हामीले खेलेको समय अर्कै खालको थियो । अहिलेजस्तो स्पोन्सर गर्ने थिएनन् । खल्तिबाटै पैसा निकाल्नुपथ्र्यो । जमाना निकै फरक छ । अब १० वर्षपछि झनै फेसिलिटी पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय