२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ टीमलाई बिदाइ गर्दै खेलकुदमन्त्रीको टीप्स- छक्कै–छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस

२०८०, १९ मंसिर मंगलवार १०:३२

मङ्सिर १९, काठमाडौँ | यू १९ एसिया कप खेल्न यूएई जाने टीमलाई आज औपचारिक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा खेलकुदमन्त्री दिगबहादुर लिम्बु तथा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले यो प्रतियोगिता यू १९ विश्वकपका लागि महत्वपूर्ण हुने बताए । नेपाली अन्डर १९ टीमले धेरै ऐतिहासिक उपलब्धिहरु हासिल गरेको उल्लेख गर्दै उनले आफूलाई प्रुफ गर्ने अवसरका रुपमा लिन खेलाडीहरुलाई सल्लाह दिए ।


खड्काले भने, ‘अन्डर १९ भनेको सिनियर टीमको बेन्च स्ट्रेन्थ पनि हो । तपाईंहरुले यसलाई आफूलाई प्रुफ गर्ने र रेकर्ड बनाउने अवसरका रुपमा लिन सक्नुहुन्छ ।’ नेपाली टीमका कप्तान देव खनालले टीमको तयारी राम्रो रहेको बताए । सिनियर टीमले कायम गरेको उच्च प्रदर्शनलाई युवा टीमले पनि अघि बढाउने उनको भनाइ थियो ।

खनालले भने, ‘तयारी राम्रो भएको छ । सिनियर टीमसँग पनि हामीले ४/५ म्याच खेल्यौं । अब टेस्ट प्लेइङ राष्ट्रसँग खेल्दैछौं । सिनियर दाईहरुको मोमेन्टम क्यारी गर्ने लक्ष्य लिएका छौं ।’

कार्यक्रममा नेपाली यू १९ टीममा प्रशिक्षक जगत टमाटाले आफ्नो टीमका खेलाडीहरुले सरकारद्वारा घोषित पुरस्कार नपाएको गुनासो गरेका थिए । यस सम्वन्धमा उनले मन्त्रीसमक्ष जवाफ मागे ।

खेलकुदमन्त्री दिगबहादुर लिम्बुले खेलाडीहरुले एक दुई दिनमा नै घोषित पुरस्कार पाउने आश्वासन दिए । विगतमा पुरस्कार वितरण सम्बन्धमा रहेका जटिलतालाई सरकारले फुकाइसकेको भन्दै उनल अब समस्या नआउने प्रतिवद्धता समेत जनाए ।

मन्त्री लिम्बुले खेलाडीहरुलाई टीप्स दिन पनि भ्याए । उनले चौका–छक्का हान्नेभन्दा पनि सम्हालिएर खेल्न सुझाव दिए ।

मन्त्री लिम्बुको सम्बोधन यस्तो थियोः

पुरस्कारको कुराले पहिले त निकै सकस बनाएको थियो । अहिले त्यस्तो अवस्था छैन । मन्त्रालयमा सानो काम बाँकी छ । पैसा आइसकेको छ । अर्थले स्वीकृति दिइसकेको छ । विगतमा अलिकति जटिलता थियो । त्यो सबै गाँठो फुकाएर अब सजिलो बनाइएको छ । हामीले कमिटमेन्ट गरेका छौं कि खेल जितेर आएको ७ देखि १५ दिनभित्र पुरस्कार रकम निकासा गसिक्नुपर्छ ।

अब दुई दिनभित्र खातामा पुग्छ । आज कार्यक्रममा राखेर पुरस्कार पनि बितरण गरौं भन्न खोज्या थियौं । खाली हातजस्तो भयो । तर, २ दिनमा पुग्छ । यसमा ढुक्क हुन आग्रह गर्छुृ ।

मैले (नेपालको खेल) हेर्या छु । इन्डियामा त अहिले नेपालकै प्रचार हुन्छ । इन्डियन च्यानलले नेपालकै प्रचार गरेका छन् । नेपालको समूहमा पाकिस्तान र भारत छन् होइन ? नेपालले सँधै डाइरेक्ट पाकिस्तान र भारतसँग फेस गर्नुपर्ने अवस्था छ ।

यो पार पाइसकेपछि मलाई लाग्छ, पहिलो फेजमा यो टीमहरु फेस गरिरहनु पर्दैन । अर्को टिमसँग जान्छजस्तो लाग्छ मलाई । यसका लागि तपाईंहरु सक्षम हुनुहुन्छ । यो पार लगाउनुस । फर्केर आएपछि पुरस्कार राशी हस्तान्तरण गर्छौं । मन सानो नगरी अगाडि बढ्नुस ।

म एउटा कुरा के भन्न चाहन्छु भने, छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । सबै नेपाली जनताले तपाईंहरुलाई हेरिरहेको छ । राष्ट्रिय गौरब बोकेर जाँदै हुनुहुन्छ । उत्साहीत भएर खेल्नुस तर पनि के भन्छु भने छक्का प्राप्त गर्ने नाममा, छक्कै–छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । गेमलाई कन्ट्रोल गर्न, बसमा लिन पनि केही ‘ब्याक’ हट्र्नुपर्छ ।

यसो हेर्छु कहिलेकाहीँ । छक्का चौका हान्ने सुरमा चुकेको हो कि जस्तो हो कि जस्तो लाग्छ मलाई । म क्रिकेट खेलाडी होइन । सुरुमा त सिक्या हो । ब्याटसँग बल जुधेर अम्ला फुटेपछि छोडिदिएँ । हामीले खेलेको समय अर्कै खालको थियो । अहिलेजस्तो स्पोन्सर गर्ने थिएनन् । खल्तिबाटै पैसा निकाल्नुपथ्र्यो । जमाना निकै फरक छ । अब १० वर्षपछि झनै फेसिलिटी पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु