२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवराज विकसहित ६ जनाको हत्या: प्रेमिकाका बाबु र तत्कालीन वडाध्यक्षसहित २४ लाई जन्मकैद

२० मंसिर २०८०, बुधबार ०६:५३

मङ्सिर २०, रुकुम  | अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ युवाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २६ जनालाई सजायको फैसला सुनाएको छ। जसमध्ये प्रेमिकाका बुबा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ का तत्कालीन वडाध्यक्षसहित २४ जनालाई जन्मकैद दिइएको छ। 

भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज प्रेमिकासँग बिहे गर्न १८ जना साथीसहित १० जेठ ०७७ अपराह्न चौरजहारी पुगेका थिए। तर, प्रेमिकाको परिवारसहित स्थानीयले लाठी र घरेलु हतियारसहित संगठित आक्रमण गरे। ज्यान जोगाउन भागेका उनीहरूलाई भेरी बगरमा लखेटी–लखेटी कुटपिट गरियो। ज्यान जोगाउन भेरीमा हाम फालेका नवराजसहितका ६ युवा नदीमै बिलाएका थिए। केही पौडिएर पारि पुगेर जोगिए, केहीले लुकेर ज्यान बचाएका थिए।


साढे तीन वर्षअघिको यो बर्बर घटनामा तीन दिनको निरन्तर सुनुवाइपछि न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले मंगलबार एक नाबालकसहित २४ जनालाई जन्मकैद हुने फैसला गरेको हो।

सजाय सुनाइएकामध्ये २३ जना हाल कारागारमै छन्, अर्का एक अभिभावकको जिम्मा लगाइएका नाबालक हुन्। कर्तव्य ज्यानमा जन्मकैद सजाय सुनाइएकामध्ये १७ जनालाई छुवाछुतअन्तर्गत थप दुई वर्ष कैद र जनही ५० हजार जरिवाना पनि सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। दुई वर्ष कैद र ५० हजार मात्र जरिवाना पाउने अन्य दुई प्रतिवादी पनि छन् । उनका अनुसार आठ प्रतिवादीले भने सफाइ पाएका छन्। 

जन्मकैद सजाय पाउनेमा रुकुम पश्चिमको चौरजहारी– ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोही ठाउँका डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी छन्।

त्यस्तै, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) (हाल अभिभावकको संरक्षणमा रहेका)लाई पनि जन्मकैद फैसला भएको सूचना अधिकारी कोइरालाले बताए । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)लाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको छ । 

घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने सफाइ पाएका छन् । फैसलाको पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ आउन एक साता लाग्ने सूचना अधिकारी कोइरालाले बताए । 

पश्चिम रुकुमको चौरजहारी– ८ सोती क्षेत्रमा बगिरहेको भेरी नदी जहाँ स्थानीयको आक्रमणमा मारिएका ६ युवाको शव भेटिएको थियो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमसम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विकसहित उनका साथीहरू जाजरकोटकै गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारीका टीकाराम नेपालीको १० जेठ ०७७ मा भेरी बगरमा हत्या भएको थियो । दलित युवासँग प्रेममा रहेको थाहा पाएपछि सम्बन्ध छुटाउन अभिभावकले कुटपिट गरेपछि युवतीले नै नवराजलाई बोलाएकी थिइन् । त्यसपछि नवराज साथीहरू लिएर युवतीको घरनजिक पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि लाठी र घरेलु हतियारसहित गाउँलेहरू आक्रमणमा उत्रिएका थिए । त्यसै क्रममा लखेटी–लखेटी उनीहरूको हत्या भएको थियो । 

घटनापछि नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ आरोपी पुर्पक्षका लागि कारागारमा थिए भने एकलाई धरौटी र १० जनालाई फरक–फरक समयमा साधारण तारेखमा छाडिएको थियो ।

मुनलालले अदालतको फैसलासँगै छोराको आत्माले शान्ति पाउने विश्वास व्यक्त गरे । ‘यति लामो समय बितिसकेको थियो, हामीले त न्यायको आशा मारिसकेका थियौँ, न्याय पाइएला भन्ने लागेकै थिएन,’ उनले भने, ‘आज श्रीमान्ले जुन फैसला गर्नुभयो, अदालतप्रति आभारी छौँ । न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो, अब चैन मिलेको छ । अब छोरा र उसका साथीहरूको आत्माले शान्ति पाउँछ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा