2026-08-23 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा सन्दीप लामिछाने

मङ्सिर २१, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ ।

‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् ।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए । पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम कुर्रन, न्युजिल्यान्डका जेम्स निसाम, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इन्डिजका काइरन पोलार्ड, रोभमन पोवेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायले मायर्स पनि ‘ड्राफ्ट’ मा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो