१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुलालटारको ‘हिट एण्ड रन’ घटना: फरार कार चालक श्रेष्ठ पक्राउ

२१ मंसिर २०८०, बिहीबार ०७:४९

मङ्सिर २१, काठमाडौँ | शंखरापुर नगरपालिका–९ खुलालटारमा पैदलयात्रीलाई ठक्कर दिएको ‘हिट एण्ड रन’ घटनामा संलग्न कार र कारका चालकलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छ। 

मंसिर १८ गते साँझ करिब पौन ७ बजेतिर खुलालटारस्थित सडकखण्डमा नम्बर प्लेट नखुलेको कारले पैदलयात्रीलाई ठक्कर दिइ फरार भएको थियो। इन्द्रायणीबाट साँखुतर्फ जाँदै गरेको सेतो रंगको कारले ठक्कर दिँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ ताप्के डाँडा घर भइ खुलालटार बस्दै आएका अन्दाजी ४० वर्षीय रेतबहादुर तामाङ गम्भीर घाइते भएका थिए। 


घाइते तामाङको उपचारका लागि वीर अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको राति ८ बजेर २० मिनेटमा मृत्यु भएको थियो। 

उक्त हिट एण्ड रन घटनाको अनुसन्धानका क्रममा प्रहरीले चालकलाई पक्राउ गर्नुका साथै कारलाई पनि नियन्त्रणमा लिएको छ। 

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले चाबहिलबाट बागमती प्रदेश–०१–०२६ च ६४०८ नम्बरको कार र त्यसका चालक शंखरापुर–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठलाई पक्राउ गरेको छ। बुधबार दिउँसो पक्राउ परेका श्रेष्ठविरुद्ध सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान कार्य अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार