2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एनिमल’ ले छैटौं दिनसम्म कमायो ५२७ करोड भारु

मङ्सिर २१, काठमाडौँ |  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले विश्वभर उछाल कमाइ गरेको छ । यो फिल्मले ६ दिनसम्म विश्वब्यापी ५२७.६० करोड ग्रस कमाएको जनाइएको छ ।

फिल्मले ६ दिनमा भारतीय बक्स अफिसमा ३१४.५० करोड नेट भारु कमाइ गरेको ब्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । जसमध्ये हिन्दी संस्करणमा २७८.४६ करोड भारु र दक्षिण भारतीय भाषामा ३६.०४ करोड नेट भारु छ ।

यो फिल्मले नेपालमा ६ दिनमा कम्तीमा ५ देखि ६ करोडबीचको नेरु ग्रस हाराहारीमा कमाइ गरेको अनुमान छ । यद्यपि, नेपालको आधिकारिक कमाइ आइसकेको छैन । बिहीवार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा छ जुन निकै आक्रामक हो । यो गतिमा अघि बढे फिल्मले नेपालमा शाहरुख खानका अघिल्लो फिल्म ‘जवान’लाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

‘एनिमल’ विश्वब्यापी ५ सय करोड भारु कमाउने कपुरको दोस्रो फिल्म हो । यसअघि ‘सञ्जु’ले त्यो आँकडा तय गरेको थियो । खासगरि उत्तर अमेरिका र अष्ट्रेलियामा फिल्मले उछाल कमाइ गरिरहेको पिंकभिल्लाले जनाएको छ । ३ मिलियन अष्ट्रेलियन डलर कमाउँदै यो फिल्म अष्ट्रेलियामा सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक