2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १ सय ५३ रनको लक्ष्य

मङ्सिर २२, काठमाडौँ | उत्तम थापा मगरको अर्धशतकमा नेपालले एसीसी यू–१९ एसिया कपमा पाकिस्तानसामु १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  नेपाल ४७.२ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो। 


नेपालका उत्तम थापा मगर ५१ रन बनाउँदा क्याच आउट भए। ७६ बलमा ३ चौका र २ छक्का हानेका उत्तम अमिर हसनको बलमा क्याच आउट भए। उत्तमले ३८.३  ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे।  

५९ बलमा २ चौका र १ छक्का हानेका दिपेश मोहम्मद जेसनको बलमा साद वेगको हातबाट ३१ रनमा क्याच आउट हुन पुगे।  

एक समय १७ ओभरको समाप्तीमा ५–४६ को संकटपूर्ण अवस्थामा रहेको नेपालका लागि दिपेश कँडेल र उत्तम थापा मगरले महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। 

छैटौँ विकेटका लागि उत्तम थापा मगर र दिपेश कडेलले १ सय बलमा ६८ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए।  

पाकिस्तानविरुद्ध नेपालका तिन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके।

गुल्सन झा र विशाल विक्रम केसी १ रनमा आउट भए। कप्तान देव खनाल र विकेटकिपर विपिन रावल शुन्य रनमा पवेलियन फर्के। तिलक भण्डारीले सात र आकाश त्रिपाठीले ६ रन थपे। 

ओपनर अर्जुन कुमाल ३७ बलमा ३ चौका हान्दै २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट भए।  १२ औँ ओभरको चौथो बलमा १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे।

अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए। आठौँ ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट भए।  

आकाश चन्द ५ रनमा आउट भए। सुवास भण्डारी ८ रनमा नटआउट रहे। 

पाकिस्तानका लागि मोहम्मद जेसन एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका जेसनले ९.२ ओभरमा १ मेडन राख्दै मात्र १९ रन दिए।

अमिर हसनले दुई तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक