"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
2026-07-26 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागमा सरुवा भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त जिम्मेवारीबाट हटाईएको हो । गत जेठ २ मा मात्र बिभागमा नियुक्त भएका दाहालले ७ महिना वैदेशिक रोजगार बिभाग सम्हाले । दहालले वैदेशिक रोजगार क्षेत्र बेथिति सुधारमा केहि प्रयासहरु गरेका थिए । पछिल्लो पटक जापान कामदार पठाउने म्यानपावरहरुले जापान रोजगारमा पठाउँदा नक्कली प्रमाणपत्र पेश गरेको प्रकरणमा मदन दाहालले १४ म्यानपावरलाई निलम्बन गरेका थिए । त्यस्तै वैदेशिक रोजगार ऐन बिपरित काम गर्ने केहि म्यानपावर कम्पनीहरुलाई खारेज समेत गरेका थिए । 

जापान रोजगार अन्तर्गत नक्कली भाषा प्रकरणको छानबीन तथा बदमासी गर्ने केहि म्यानपावर प्रति कठोर निर्णय लिएको कारण उनको सरुवा भएको हुन सक्ने बुझिएको छ । गत महिना मात्र महानिर्देशक दहालले आफ्नो सरुवा हुने दावी गरेका थिए । 

बिभाग आउनु अघि दहाल श्रम मन्त्रालयमा थिए । त्यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए । राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा दहालले नेपाल इन्भेष्टमेन्ट बैंकको अरबौँ कर छलीको अनुसन्धान अघि बढाएसँगै चर्चा पाएका थिए । मुख्य व्यक्तिहरूको मात्र बयान लिन बाँकी छँदा राजश्व अनुसन्धानबाट सरुवा भएको थियो ।

श्रम मन्त्रालयबाट दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका थिए । तर उनै श्रममन्त्रीको स्वार्थ अनुसार दहालले काम नगरेपछि सरुवा गरेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ