२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लमजुङमा भोज खाने ३१ जना बिरामी, १ जनाको मृत्यु

२०८०, २४ मंसिर आईतवार ०७:३१

मङ्सिर २४, लमजुङ | लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे । भोेज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार सामूहिक भोज खाएर गम्भीर विरामी परेका ३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ ।

‘खाना आएर फर्केको भोलिपल्टबाटै समस्या देखिन सुरु गरेकोे भए पनि आइतबार बिहानबाट उपचारका लागि अस्पताल पुर्‍याउन सुरु गरिएको थियो । अस्पताल पुर्‍याएर लगत्तै देवी परियारको मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए,’ लमजुङका सिडिओ अधिकारीले भने, ‘यो दुर्घटनको अनुसन्धान सुरु भइसकेको छ ।’

सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जनाएकोे छ ।

भोजमा प्रयोग भएको खाद्यन्नको नमूना संकलन गरिसकिएको छ । नमूना पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने र त्यहाँ पनि पत्ता नलागे काठमाठौं पठाउने सिडिओ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी