2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बाबुआमाले रक्सि खाएर घर छोडेपछि बालबच्चा विचल्लिमा, सहयोगको आग्रह

विनोद डाँगी/ असोज २८, रोल्पा । बाबाआमाले रक्सि खाएर घर छोडेर हिडेपछि मिझिङ ९ कोइरालखर्कका एक परिवारका बालबच्चा विचल्लिमा परेका छन । जाडँ रक्सि धेरै खाने र घरका सन्तानालाइ कुनै वास्ता नगर्ने गरेका कोइरालखर्कका ३६ बर्षिय पुर्ख बहादुर सुनार र  ३८ बर्षिय आमा रामसरि सुनारले गएको २ महिनादेखि घर छोडेका छन ।  आफुहरु ग्वाला गएको बेला साझमा फर्किदा आमा र बाबा घरमा नभएको  जेठो छोरा सुरज सुनारले बताउनुभयो । आमाबाबाले घर छोडेर हिडेपछि घरमा रहेका ३ सन्तानहरु अहिले छिमेकिको घरमा सरण परेका छन ।

आफु अहिले कक्षा ६ मा पढ्ढै गरेको  र आमाबाबा यसरि गायब भएपछि भाइबहिनि र आफ्नो पेट पाल्न आफुहरु छिमेकि अंकलको घरमा सरण परेको १६ बर्षिय जेठा छोरा सुरज सुनारले सबैलाइ सहयोग गरिदिन आग्रह गर्नुभएको छ  । सुनार अहिले छिमेकि अंकल हिमाल सुनारको घरमा बस्दै आएका छन । अंकल हिमालले पनि आफुहरुले खोजिको लागि प्रयास गरिरहेको बताउनुभएको छ । सुनार दम्पति टाढा नगएको र जाडँ रक्सि सेवन गर्दै ठाउँठाउँ डुलिरहेको तर कुन ठाँउमा छन भन्ने आफुहरुलाइ थाहा नभएको उहाँले बताउनुभयो  । छोरा सुरजले प्रहरिमा आफु बुझ्न गएको तर निवेदन लेख्नुपर्ने भनेपछि नसकेर फर्केको बताउनुभयो ।

पढ्ने उमेरमा आफुहरुलाइ आमाबाबाले बिचल्लि पारेको भन्दै सुरजले आफुहरुलाइ सहयोग गर्न सबैलाइ आग्रह गर्नुभएको छ ।  अहिले आफुहरुलाई साझ के खाने बिहान के खाने भनेर समस्या परेको उहाँले बताउनुभयो । यता रेडक्रस सुलिचौर शाखाका सभापति गन्ज क्षेत्रिले आफुपनि उत्त ठाउँकै भएकोले यस्ता खालका समस्या निराकरणको लाग सक्दो सहयोग गर्ने र संबन्धित निकायसंग आफुले समन्वय गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई