२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय नागरिकले पठाएका थिए साढे ६ किलो सुन, शङ्कास्पद दुई सुडानी नागरिक पनि पक्राउ

२०८०, २४ मंसिर आईतवार ०७:४३

मङ्सिर २४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।


भन्सार एरिया पार गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले बताए । सरिफ मोहम्मद लासिमले आफूलाई दुबईबाट भारतीय नागरिकले सो सुन पठाएको बयान दिएका छन् । प्रारम्भिक सोधपुछको क्रममा उनले सो कुरा बताएका हुन् । तर, काठमाडौँमा रिसिभ गर्ने व्यक्तिबारे चाहिँ लासिमले खुलाएका छैनन् । उनिबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

फ्लाई दुबईको उडान एफजेड–५७३ नम्बरको उडान मार्फत उनी काठमाडौँ ओर्लिएका हुन् । त्यही विमानबाट आएका गोरखाका चन्द्र बहादुर घले बिहीबार राति १४ किलो सुन सहित पक्राउ परेका थिए ।

सरिफ मोहम्मद लासिमसँगै आएका अरू दुई जना सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुडानीलाई शङ्काको आधारमा पक्राउ गरिएको डिआइजी चन्दले बताए । सुडानी नागरिकले सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी