विनोद डाँगी/ असोज २८, रोल्पा । दाङको तुलसीपुर बाट सञ्चालित मालिका, कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले आजबाट रोल्पामा पनि आफ्नो सेवा सुरु गरेको हो । प्रालिको हिजो बसेको सञ्चालक समितिको रोल्पामा बस चलाउने निर्णय गरेको थियो ।
रोल्पाको लागि आज बिहान ५ बजे छुटेको बस लिबाङ आइपुगेको छ । यो रुटमा चल्ने गाडि सानो खालको अल्ट्रो गाडि भएको प्रालिले जनाएको छ । आफुहरु यात्रुहरुको हितमा सदैव लागिपरेको भन्दै कालिका मालिका यातयात प्रालिका कोषाध्यक्ष रम्बा वलीले रोल्पालि जनताहरुको सेवाको लागि पनि आफुहरु अघि बढेको जानकारि दिनुभयो । अबको १० दिनमा नै उत्त गाडिमा हिटर जडान गर्ने वलिले बताउनुभयो । तत्काल रोल्पामा काउन्टर स्थापना नभएपनि अहिलेको लागि रोल्पा यातयात प्रालिसंग समन्वय गरिएको र टिकटको लागि प्रालिको काउन्टरमा सम्पर्क गर्नुपुर्ने उहाँले बताउनुभयो ।
यात्रुले गुणस्तरिय सेवा पाउनुपर्ने आफ्नो हक भएको भन्दै आफुहरु यात्रुमय सेवामा सधै लागिपरेको वलिले बताउनुभयो । यता रोल्पा यातायात प्रालिले पनि अहिले आफुहरुसंग समन्वय भएको र मालिका कालिकाको आफ्नै काउन्टर नबन्दासम्म आफुहरुले नै समन्वय गर्ने बताएको छ । अहिले रोल्पामा आफ्नो छुट्टै काउन्टर नभएपनि रोल्पाबाट दाङ बिहान ७ बजे छुटाउने तयारि गरेको रोल्पा यातायात प्रालिका अध्यक्ष मिलन पुनले जानकारि दिनुभएको छ । यसका बारेमा थप के गर्ने भन्ने बारेमा अहिले रोल्पा यातायात प्रालिको बैठक बसेको छ । मालिकाले सानो गाडि पठाएको र आफुहरुसंग ठुलो गाडि मात्र हुदा तत्काल के निर्णय लिने भन्नेमा आफुहरु समस्यामा परेको पुनले बताउनुभयो ।