२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा नेपाल–भारतको सीमा क्षेत्रमा एक युवामाथि गोली प्रहार

२५ मंसिर २०८०, सोमबार ०६:२५

मङ्सिर २५, काठमाडौँ | विराटनगरका एकजना युवामाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ पौन छ बजेतिर गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।  

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको हुनसक्छ। दश गाजा वा नेपाली भूमिमा संग्रौलामाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताउँदै, एसपी पोखरलेले भने, ‘दश गाजा वा नेपाली भूमिमा घटना भएको भए नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई थाहा हुन्थ्यो। पीडितले घटना जहाँ भनेका छन्, त्यहाँ २४ सै घण्टा प्रहरीको तैनाथी हुन्छ। त्यस वरपर पनि नेपालका दुवै प्रहरीहरुले गस्ती गरिरहने हुँदा घटनाबारे कुनै पनि सुरक्षा निकायलाई थाहा छैन।


संग्रौलाको बाँया तिघ्रामा गोली लागेको छ। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी गएको थिए। साँझमा घर फर्कंदै गर्दा गोली प्रहार भएको घाइते संग्रौलाले बताए। उनका अनुसनर जोगबनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगरतर्फ आउँदै गर्दा ८/१० जना केटाहरुको समूह थियो।  

रेल्वेको बाटो हुँदै आउँदै गर्दा भारतीय युवाहरुले बोलायो। तर, म नबोली हिँडिरहेको थिएँ। उनीहरु ‘रुक जा नही तो गोली मार्दुंगा’ भन्दै पछाडिबाट गोल प्रहार गरे संग्रौलाले भने। उनले भने, ‘मलाई गोली प्रहार गरेपछि उनीहरु भारततर्फ गए। मलाई नेपालको सशस्त्र प्रहरीका दुई जनाले समातेर यहाँ ल्याएको हो। गोली प्रहार गर्ने मध्ये एक जनालाई देखे भने चिन्छु।’

कोशी अस्पतालका मेडिकल अघिकृत डाक्टर तुलसी गोइतले एक्स–रे हेर्दा तिघ्रामा बुलेट जस्तो देखिएको छ। उनले तिघ्रादेखि तल्लो भाग फ्याक्चर भएको छ। यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ। ‘इनसिजर’ गरेर निकालेपछि मात्र के हो भन्न सकिन्छ।  

घटना भएको थाहा पाउनासाथ अनुसन्धानका लागि प्रहरी खटाइएको छ। एसपी पोखरेले भने, ‘भारतीय प्रहरीसँग र त्यस वरपरका स्थानीयसँग बुझ्ने काम भइरहेको छ। सशस्त्र प्रहरीका कसैले पनि घाइतेलाई नलाएको र घटना नभएको बताउँदै आएका छन्। प्रारम्भिक अनुसन्धानबाट नेपाली भूमिमा घटना भएको खुल्दैन थप अनुसन्धान गरीरहेका छौ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने