१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति

२५ मंसिर २०८०, सोमबार ०७:४५

मङ्सिर २५, उदयपुर | उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंशिक क्षती हुदाँ करिव अढाई करोड बराबरको क्षति भएको हो ।

आगलागीका कारण राज अटो पार्टस पसल पुर्ण रुपमा जली नष्ट हुदा अन्दाजी ७० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही आगलागीमा ईजिकुल ईन्जिनियरीङ सेन्टर पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ८ लाख, राम उद्गार सहनी माछा पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पुर्ण रुपमा जली नष्ट हुदाँ ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

उनका अनुसार शाही होटलमा आंसिक क्षति हुदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनि साईकल पसलमा ६० हजार र कोसेलि घरमा २० हजार बराबरको क्षति पुगेको छ ।

आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिन सहित बिभिन्न यन्त्र उपकरणहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार