२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली प्रमाणपत्र पेसी श्रमिक जापान पठाउने १४ मेनपावरको निलम्बन सरकारद्वारा फुकुवा

२०८०, २५ मंसिर सोमबार १२:१८

मङ्सिर २५, काठमाडौँ | वैदेशिक रोजगार विभागले गत १५ असोज २०८० जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको थियो । तर, सरकारले ति कम्पनीहरूको निलम्बन एकाएक फुकुवा गरिदिएको छ । 

अनुसन्धान प्रक्रिया जारी नै राख्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले निलम्बन फुकुवा गर्ने निर्णय गरेका हुन् । विभागको निलम्बनको निर्णयविरुद्ध मन्त्रालयमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । सोही आधारमा व्यवसायीहरूले मन्त्रालयमा पुनरावेदन गरेका थिए । निलम्बनको कारवाहीमाथि पुनरावलोकन गर्दै मन्त्री भण्डारीले निलम्बन फुकुवा गरेका हुन् । निलम्बन फुकुवा गरेको निर्णय भने मन्त्रालयले गोप्य राखेको छ ।


त्यसरी निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी थिए । जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेस गरेको आरोप थियो । २०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शङ्कास्पद कागजात पेस गरेको पाइएको भन्दै विभागमा उजुरी परेको थियो । सोही आधारमा विभागले उनीहरूमाथि थप अनुसन्धान थालेको थियो ।

यो विषयमा विभागमा गत असारमा नै उजुरी परेको थियो । उजुरी परेकामध्ये केहीको प्रमाण पुगेपछि उनीहरूले सफाइ पाएका थिए । प्रमाण नपुगेकाहरूको हकमा निलम्बन गरेर थप अनुसन्धान थालिएको थियो ।

जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले अनुसन्धानको क्रम जारी रहेको तर, निलम्बन भने फुकुवा भएको बताए ।

ति कम्पनीमाथि जापान कामदार पठाउन नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । त्यसका लागि विभागले निर्देशक उप्रेतीकै संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा १४ कम्पनीलाई निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने सुझाव पेस गरेको थियो । सोही आधारमा विभागका हालै सरुवा भएर गएका महानिर्देशक मदन दहालले निलम्बन गरेका थिए । निलम्बन गरिएका मेनपावरहरू मन्त्रालयमा पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए । उक्त निवेदनमाथि अध्ययन गर्दै मन्त्री भण्डारीको मन्त्रीस्तरीय निर्णयले निलम्बन फुकुवा गर्ने तर, अनुसन्धान भने जारी राख्ने निर्णय गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी