2026-09-07 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तेलको भाउ आधा घट्ने संकेत

मङ्सिर २६, काठमाडौँ | विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे भने तेलको भाउमा व्यापक कमी आउन सक्ने सिटी ग्रुपका कमोडिटिज रिसर्चका ग्लोबल हेड म्याक्स लेटनले ब्लुम्बर्ग टिभीसँगको एउटा अन्तरवार्तामा भनेका छन् ।

ओपेकले सन् २०२४ को पहिलो त्रैमासमा अहिले जारी कटौतमाथि थपेर तेलको उत्पादन दिनकै अरु ९ लाख ब्यारेल घटाउने योजना बनाइरहेको छ । सदस्य देशहरुले तोकिएको संख्यामा कटौतीलाई कायम गरे भने तेलको भाउ प्रतिब्यारेल ७० देखि ८० डलरबिच सन्तुलित हुनसक्ने लेटनको भनाई छ । तर ओपेकले वाचा गरेअनुसार अतिरिक्त कटौती गर्न सकेन भने तेलको भाउ ३० देखि ५० प्रतिशतसम्म घट्न सक्ने उनी बताउँछन् ।

यसको परिणाम यति पीडादायक हुनेछ कि मूल्यलाई टेवा दिन आगामी वर्षको बाँकी अवधिभर दैनिक ५ लाख ब्यारेल उत्पादन घटाउनु पर्ने हुन सक्ने लेटन बताउँछन् । विश्वको कच्चा तेलको मागमा आएको कमी र अत्यधिक आपूर्तिका कारण यो वर्षभर कच्चा तेलको भाउ दबाबमा छ । सन् २०२४ भर यो स्थितिले निरन्तरता पाउने लेटनको धारणा छ । आगामी वर्ष चीनको कच्चा तेलको मागमा केही सुधार आउने आशा गरिएको भएपनि त्यहाँ जारी आर्थिक सुस्तीले विश्वको आर्थिक वृद्धिदरमा तीव्र कमी ल्याउन सक्ने देखिन्छ । यस्तोमा तेलको भाउलाई टेवा दिन ओपेकसामु थप उत्पादन कटौतीको विकल्प छैन भन्छन् लेटन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ