2026-07-26 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

निलम्बित १४ म्यानपावर बिभाग र श्रम मन्त्रालयको दुहुनो गाई !

अनिल अधिकारी । मंसिर २६, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा मौलाएको बेथिति अन्त्यको लागि सम्बन्धित निकायले जतिनै मिठा र चिल्ला कुरा गरेपनि नतिजा र व्यवहार भने फरक छ । त्यहि फरक नतिजाको कारण ठगि, मनपरी र बेथिति बढ्दो अवस्थामा छ । 

गत असोज १५ गते वैदेशिक रोजगार बिभागले बिभिन्न १४ म्यानपावर कम्पनीलाई जापानी भाषा तथा संस्कृतिको तालिम प्रमाणपत्रमा संकास्पद देखिएको भन्दै दोषी करार दिँदै निलम्बन गर्यो । निलम्बनमा परेका म्यानपावरहरुले वैदेशिक रोजगार बिभागमा पटक-पटक गुहार गर्दा केहि सिप नलागेपछि श्रम मन्त्रालयमा पुनरावेदन दिए । श्रममन्त्री शरदसिंह भण्डारीले बिभागको निर्णय उल्ट्याउदै १४ म्यानपावरलाई फुकुवा गरिदिएका छन् । 

यता फुकुवामा परेका म्यानपावरहरुले निलम्बनबाट उम्किन प्रति म्यानपावर कम्तिमा १५ लाख रकम तिरेको बताइएको छ । स्रोतका अनुसार कुनै म्यानपावरले भने यो भन्दा धेरै रकम पनि तिरेका छन् । उनिहरुले कसलाई रकम तिरेको भन्ने बारे खुलाउन चाहदैनन् । यो प्रकरणमा समाचार नलेखिदिन समेत सम्बन्धित पक्षको अनुरोध छ । 

यता निलम्बन गर्दा बिज्ञप्ति जारी गरेर  दर्जनौं मिडियामा भाइरल बनेको म्यानपावर निलम्बनको समाचार यतिखेर निलम्बन फुकुवाको केहि दिन बितिसक्दा पनि गुपचुप छ । बिभाग र मन्त्रालयले निलम्बन फुकुवा भएको विषयलाई गोप्य राखेका छन् । केहि मिडियाले मात्र यसलाई बिभागसँग सोधेर समाचार बनाएका छन् । महानिर्देशक बिहिन रहेको बिभागलाई किन फुकुवाको विज्ञाप्ति जारी नगरेको भन्ने प्रश्न गर्दा बिभागले उत्तर दिन खोजिरहेको छैन । स्रोतको भनाईलाई आधार मान्ने हो भने यो प्रकरण मिलाउन दुई करोड रकमको चलखेल भएको बताइएको छ । फुकुवा भएका म्यानपावरहरु श्रम मन्त्रालय वा बिभागले चाहँदा फेरी पनि कारवाहीमा तानिन सक्ने, निलम्बन वा खारेजीमा पर्ने सक्ने अवस्थामै छन् । 

असोज १५ देखि मङ्सिर २४ गतेसम्म निलम्बनमा पर्दा करोडौं घाटा लागेको हुँदा जस्तोसुकै मूल्यमा पनि आफ्नो म्यानपावर खोल्न बाध्य भएको व्यवसायीहरुको भनाई छ । बिभागको निलम्बनको कारण मागपत्र प्रमाणीकरण रोकिएको तथा कतिपय मागपत्र रोजगारदाता रिसाएर अन्य म्यानपावर कम्पनीमा समेत गएको व्यवसायीहरु बताउँछन् । 

यता वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहाल सरुवा हुनुमा पनि १४ म्यानपावर निलम्बनकै प्रभाव देखिएको छ । एकातर्फ दहाललाई सरुवा गरेर अर्को तर्फ १४ म्यानपावरलाई फुकुवा गरिनु संकास्पद मानिएको छ । बिभागका महानिर्देशक छँदा दहालले १४ म्यानपावरमाथि आफूले गरेको कारवाही फुकुवा हुन आफ्नो सरुवा हुनपर्ने बताएका थिए । उनले भनेअनुसारनै भएको छ । उनको सरुवा र १४ म्यानपावरको फुकुवा संगै भएको छ । मन्त्री शरदसिंह भण्डारीले अब बिभागमा कसलाई नियुक्ति दिन्छन् टुंगो लागेको छैन । निलम्बन गरेपछि मिडियाको प्रेसरमा रहेका दहालले आफूले १४ म्यानपावरलाई सहजै क्लिन चीट दिन नसक्ने बताउँदै आएका थिए । महानिर्देशकलाई अचानक हटाई उनकै कारवाही समेत उल्ट्याउनुले श्रम मन्त्री भण्डारी बिबादित संगै शंकाको घेरामा छन् । 

मन्त्रालयले अनुसन्धान प्रक्रिया जारी नै राख्ने भन्दै निलम्बन फुकुवा गर्ने निर्णय अचानक गरेपछि चलखेलको आशंका भएको छ । 

विभागको निलम्बनको निर्णयविरूद्ध मन्त्रालयमा पुनरावेदन गर्न पाउने कानूनी प्वाललाई मन्त्रालयले उपयोग गर्दै ठूलो आर्थिक स्वार्थमा निलम्बन फुकुवा गरेको आरोप मन्त्रालय माथि छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले अनुसन्धानको क्रम जारी रहेको तर, निलम्बन भने फुकुवा भएको बताएका छन् । निलम्बनमा पर्दा श्रमिकहरू जापान जाने कुरामा अप्ठ्यारो ल्याउन सक्छ भन्दै मन्त्रालयले कारण देखाएको छ । 

निलम्बन पछि फुकुवा भए पनि १४ म्यानपावर भने खुसि छैनन् । उनिहरुले पूर्ण रुपमा सफाई पाएका होईनन् । कति दिनलाई निलम्बन खुलेको भन्नेबारेमा उनिहरु ससंकित छन् । तर श्रममन्त्री भण्डारी मन्त्री पदमा होउन्जेल फेरी निलम्बित नहुनेमा भने ढुक्क छन् । उनीहरु मध्ये एक व्यवसायीले आफूहरु अब दुहुनो गाईजस्तो भएको स्वीकारे । ति व्यवसायी भन्छन् ‘अर्को महानिर्देशक वा मन्त्री आएपछि फेरी कारवाहीमा पर्ने हो कि भन्ने त्रास छ । हामी दुहुनो गाई जस्तै भयौं । अब जो आउँछन् दुध नदिए फेरी कारवाहीमा परिन्छ भने डर छ ।’ 

श्रमिककै टाउकोमा भार  

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरुसँग पैसा लिएर निलम्बन फुकुवा गरेको आशंका भएको विषय सामान्य भने होइन । वैदेशिक रोजगार क्षेत्रमा यस्तै धेरै बेथितिको कारण कामदारलाई चर्को लागत तिर्न बाध्य बनाइन्छ ।

म्यानपावरहरु माथि नीतिगत कडाई गर्न पनि नसक्ने र केहिलाई कडाईको नाटक मन्चन गरि आर्थिक स्वार्थ लिने प्रवृति निरन्तर यो क्षेत्रमा चल्दै आएको छ । यस्तो सरकारी प्रवृतिकै कारण अशल नियतका व्यवसायीहरु समेत पीडित छन् । त्यसो त पैसाकै स्वार्थमा नीति बिपरित भएका कामहरुमा समेत छुट दिने परम्परा छ । जुन परम्पराको कारण वैदेशिक रोजगार क्षेत्रको बेथिति बढिरहेको छ । कतिपय अव्यवहारिक नीति समेत हटाउनमा सरकारी निकाय जिम्मेवार बनेको छैन । त्यस्ता नीति हटाउन वा नयाँ नीति थप्नको लागि समेत आर्थिक स्वार्थ जोड्ने गरिएको पाइएको छ ।

म्यानपावरहरु माथि बढाईने आर्थिक स्वार्थको दवाबको कारण वैदेशिक रोजगार क्षेत्रमा सरकारी नीति एकातिर व्यवहार अर्को तिर बन्दै गएको गुनाशो छ । बिभाग र मन्त्रालय पूर्ण रुपमा आर्थिक स्वार्थमा नपर्ने हो भने वैदेशिक रोजगारको बेथिति एकाएक घट्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ