२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना

२०८०, २७ मंसिर बुधबार ०८:३४

मङ्सिर २७, काठमाडौँ | बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ ।

वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७ मंसिरमा अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।


वडामा लक्षित समूहका लागि पाँच लाख बजेट आएकोमा सोमध्ये वडाले महिलाका लागि चार लाख र दलितका लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो । दलितका लागि विनियोजन भएको रकमबाट १८ पुस ०७९ मा हस्तकला तालिम उद्घाटन गरेपछि वडाध्यक्ष अधिकारी र दलित महिला वडासदस्य मैया नेपालीबीच विवाद भएको थियो ।

सदस्य नेपालीले वडाध्यक्ष अधिकारीले आफूलाई ‘वडासदस्य भएँ भनेर फुर्ती नगर, तेरो तीन पुस्ता मेरो घरको जुठोपुरो खाएर काम गरेर बाँचेका हौ, आफ्नो हैसियत हेर, तैँले पाउने तलब मैले मेरो घरमा काम गर्ने नोकरलाई दिन्छु, मसँग टक्कर नगर र वडाको बजेटमा आँखासमेत नलगा भन्दै मरेको गाई, भैँसीका सिनो लुछेजस्तो बजेटलाई लुछ्न नखोज, तिमीहरू कामी, दमाईं, सार्कीको हैसियत भनेको मागेर, थापेर खाने हो’ भन्दै तथानाम गाली गरेको बताइन् 

वडाध्यक्ष अधिकारीले आफूलाई पटक–पटक विभेदजन्य व्यवहारसँगै विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरेको भन्दै २४ पुस ०७९ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि २६ पुसमा वडाध्यक्ष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी