५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेत्रहीन महिला क्रिकेट: भारतमाथि नेपालको १० विकेटको सानदार जित

२७ मंसिर २०८०, बुधबार ०९:५४

मङ्सिर २७, काठमाडौँ | भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित १७४ रनको साझेदारी गरेपछि भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना क्षति पूरा गरेको हो ।

नेपालका लागि बिनिताले ६० बल खेल्दै ७ चौका प्रहार गरी ७८ रन बनाइन् । यस्तै मनकेशीले ५७ बल खेल्दै ५ चौका मदतमा ७५ रन बनाइन् ।

यसअघिको दुवै खेलमा लक्ष्य पछ्याउदै नेपाल झिनो रनअन्तरले चुकेको थियो । तेस्रो खेलमा भने बिनिता र मनकेशीले सानदार ब्याटिङ गर्दै जितसम्म पुर्‍याएका हुन् ।

भारतले सात बलर प्रयोग गरे पनि नेपालको विकेट लिन सकेन ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाइन् । यस्तै सुनिता श्राथेले अविजित ३१ रन बनाइन् । सुस्मा पटेल र रभान्नीले समान १४ रन बनाए ।

भारतका चारै खेलाडी रनआउट भएका थिए । नेपालकी बिनिता पुनले २ तथा सरिता घिमिरे र निशा गौराले १-१ रनआउट गरे ।

अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट