२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायले जथाभाबी बम हानेर विश्व सहयोग गुमायो : बाइडेन

२०८०, २७ मंसिर बुधबार १०:१९

मङ्सिर २७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा जथाभाबी बम हान्नाले विश्व समर्थन गुमाएको बताएका छन् ।

बीबीसीका अनुसार बाइडेनले यो कुरा मङ्गलवारको राष्ट्रपतीय चुनावको चन्दा संकलनका क्रममा भनेका हुन् । बाइडेनले इजरायलमाथि गरेको यो नै सबैभन्दा ठूलो आलोचना भएको बीबीसीले उल्लेख गरेको छ ।


अमेरिकी सहयोग इजरायलमा हुने भन्दै इजरायल सरकारलाई भने बाइडेनले खबरदारी गरेको बिबिसीले उल्लेख गरेको छ ।

‘अहिले इजरायलको सुरक्षाको लागी अमेरिका मात्रै छैन । युरोपेली संघ छ, युरोप छ र बहुमत विश्व छ’, बाइडेनले भनेका छन्, ‘तर, इजरायलले जथाभाबी बम हानेर त्यो समर्थन गुमाइरहेको छ ।’

गत अक्टोबर सातमा इजरायलमा आक्रमण गरेको हमासको प्रतिकारको क्रममा इजरायलले गाजाका अस्पताल, शरणार्थी शिविरदेखि घरहरूमा बम हानेकोमा विश्व आलोचना आइरहेको छ ।

यस अगाडिसम्म यो मुद्दामा मौन देखिएका बाइडेनले मङ्गलवार भनेको अभिव्यक्ति उनको पुरानो अडान भन्दा भिन्न देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै