१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको गोलीले मृत्यु भएकाको शव अझै उठेन

२९ मंसिर २०८०, शुक्रबार ०९:३९

मङ्सिर २९, बारा | सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएपछि मृतकका आफन्तसहित नगरवासीहरुहरुले  शुक्रबार पनि  प्रदर्शन गरेका छन् ।


सिम्रौनगढ नगरपालिका-१ ननसगरा ढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको बुधबार मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएपनि उनको शव आफन्तले बुझेका छैनन् । पोस्टमार्टम पनि भएको छैन । घटनाको छानबिनसहित गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

गोली लागेर ढलेपछि प्रहरीले उनलाई प्रहरीले तत्कालै त्रिपालले छोपेको थियो । पछि एम्बुलेन्समा हालेर सशस्त्र प्रहरीको सुरक्षामा वीरगन्ज लगेको थियो ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको नारायणी अस्पताल वीरगन्जका मेसु चित्ररञ्जन साहले बताए । ‘टाउको पछाडिको भागबाट गोली लागेर टाउकोमा चिरा परेर भित्री भाग बाहिर आएको छ, मृत्यु भने गोली लाग्ने बित्तिकै भएको हो,’ मेसु साहले भने, ‘गोली रबरको हो कि बुलेट हो भन्ने कुरा पोस्टमार्टमबाट खुल्छ ।’

झडपको क्रममा प्रहरी तर्फ १२ जना घाइते थिए । ढुंगामुढाबाट उनीहरुलाई चोट लागेको हो । स्थिती नियन्त्रण बाहिर गएपछि तनाव नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रु ग्यास, २२ राउन्ड हवाइ फायर र केही राउन्ड रबरको गोली चलाएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका बिनको मृत्यु भएको सुरक्षा अधिकारीले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार