११ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पुस १५ देखि देशभर इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने, कम्पनीले दियो चेतावनी

२९ मंसिर २०८०, शुक्रबार १२:१५

मङ्सिर २९, काठमाडौं | ब्याण्डविथ बापत विदेशी कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम आठ महिनादेखि रोकिदा नेपालभर इन्टरनेट सेवा ठप्प हुने जोखिम देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डलर सिफारिस नदिदा नेटवर्क सेवा प्रदायकहरूले आठ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

लामो समयदेखि भुक्तानी नपाएको भन्दै टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्रोभाइडर कम्पनीले डिसेम्बर ३१ (पुस १५ गते) देखि सेवा अवरुद्ध गर्ने चेतावनीसहित नेपाली कम्पनीलाई पत्र पठाइसकेका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूले बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकको हकमा विदेशी मुद्रा सिफारिस बन्द गरेको हो ।

सेवा प्रदायकले सपोर्ट चार्ज, मर्मतसम्भार शुल्क, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवाबापत लिएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष शुल्क र रोयल्टी लाग्ने वा नलाग्ने विषयमा सरकार र सेवा प्रदायकबीच विवाद देखिएको छ ।

यही बक्यौता नतिरे विदेशी मुद्रा भुक्तानी सिफारिस नदिने भन्दै मन्त्रालय र प्राधिकरणले भुक्तानी सिफारिस रोकेको हो । गैर दूरसञ्चार सेवाबापत लिइएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष र रोयल्टी नलाग्ने सेवा प्रदायकको दाबी छ ।

विदेशी मुद्रा सिफारिस बन्द हुँदा सेवा प्रदायकले टाटा, एयरटेल, सिफ्फीलगायतका कम्पनीलाई अन्तराष्ट्रिय ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न सकेका छैनन् । यी कम्पनीले नेपाली सेवा प्रदायकलाई पत्र लेख्दै तत्काल भुक्तानी गर्न र नभएको खण्डमा यही डिसेम्बर ३१ तारिखबाट ब्यान्डविथमा रोक लगाउने चेतावनी दिएको हो ।

यी कम्पनीले ब्यान्डविथ उपलब्ध नगराए देशभर इन्टरनेट बन्द हुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘विदेशी मुद्रा सिफारिस बन्द गर्दा कम्पनीहरूले अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकेका छैनन्,’ अध्यक्ष पराजुलीले भने, ‘टाटा, एयरटेलले पठाएको पत्रमा देशभित्रको आन्तरिक कुरा त्यही मिलाउन र भुक्तानीको विषय ब्यान्डविथसँग सम्बन्धित भएकाले यसमा कुनै बाहान स्वीकार्य नहुने भनिएको छ । यस्तोमा समयमा भुक्तानी गर्नुको कुनै विकल्प छैन । त्यसैले यो विषयमा सरकारले तत्कालै निर्णय लिन आवश्यक छ ।’

विवादित बक्यौताको विषय थाती राखेर भुक्तानी सिफारिस दिन मन्त्रालय, प्राधिकरण र सेवा प्रदायकबीच छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।

सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले विभिन्न ९ इन्टरनेट सेवा प्रदायकको हकमा बक्यौता देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ म्यानमारविरुद्ध नेपालको सुरुआती–११, अन्जना रानामगरलाई अवसर सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु रोहित पौडेल लिप मोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बासडर संसद्‍मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन फोर नेसन्स च्याम्पियनसिप: लेबनानको सान्त्वना जित ११ अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बराबरको कारोबार ओलीको जन्म दिनमा केक काटेर गरियो केपी ओली कपको उद्घाटन पूर्वराजालाई वामदेवको सुझाव: पार्टी खोल्नुस्, ०८४ को चुनावमा जितेर प्रधानमन्त्री बन्नुस् पाथीभरा केबलकार निर्माणमा राजनीति छिर्यो : योगेश भट्टराई भारत पढ्न जाने विद्यार्थीलाई एनओसी अनिवार्य गरौं : रघुजी पन्त अमेरिकी कर्मचारीलाई मस्कको निर्देशन- ‘एक हप्ताको काम नदेखाए बर्खास्त’ पाथीभरामा केबुलकार निर्माण स्थगन गरियोस् : रास्वपा माओवादी सांसद सापकोटाले मागे प्रधानमन्त्री ओलीको राजीनामा, नेपाललाई लज्जाजनक अवस्थामा पुर्याएको आरोप रिंकु मृत्यु प्रकरण: घटना मिलाउनमा संलग्न आठ जना पक्राउ सेन्सर पास भयो चलचित्र ‘लाज शरणम्’, निर्धारित समयमै प्रदर्शनमा आउने पोर्चुगलमा नेपाली दूतावास स्थापना फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि प्रहरीमा उजुरी दिँदै कमेडियन सजन श्रेष्ठ अन्तर्राष्ट्रिय महिला च्यामपियनसीप: नेपाल र म्यानमार भिड्दै, कस्ले मार्ला बाजी ? प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा बलात्कारपछि १२ वर्षीया बालिका गर्भवती, ४५ वर्षीय पुरुषविरुद्ध उजुरी