१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारू महिला

३० मंसिर २०८०, शनिबार ०३:३५

मङ्सिर ३०, दाङ | बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारू महिला ।

तुलसीपुर बजारका चोकचोकमा  किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी व्यावसायिकरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर छिन् । उनी भन्छिन्, ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौँ बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।’

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त  कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएकी छिन् ।

दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ । पाँचकठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक दुईदेखि साढे दुई लाखसम्म बचत गर्दै आएको सुनाइन् । बचत रकमबाट नै उनले मल बीउबिजन,  कीटनाशक औषधि खरिद गर्दै आएकी छिन् ।

त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राखेकी छिन् । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उहाँ धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन् । उनले गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन् ।

तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बनेकी छिन् । उनले वार्षिक साढे तीन लाखसम्म आम्दानी हुने गरेको बताइन् ।

सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधिक पढाएकी छिन् । परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार