९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

३० मंसिर २०८०, शनिबार ०६:०६

मङ्सिर ३०, जाजरकोट | कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । 

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्घर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा उनी छन् ।      

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए । उनले भने, “यता घर भत्किएका छन्, त्रिपालबाट कहिले निस्कने बाबा रु, हाम्रो घर कहिले बनाउने भन्दै छोरा, छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु ।” 

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, “बारेकोटमा पर्याप्त मात्रामा राहत सामग्री नआउँदा कठिनाइ खप्नु परेको छ । त्रिपाल प्राप्त भएका छन् तर तिनलाई जोड्ने कुनै पनि सामग्री आएका छैनन्  खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ ।”

नलगाड नगरपालिकामा  अस्थायी आवास निर्माण बनाउन बजेट  प्राप्त भएको छैन । जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको स्पष्ट गरेको छ । भूकम्पप्रभावित जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा दुई हजार पाँच सय ४९ परिवार, नलगाड नगरपालिकामा आठ हजार ९७, छेडागाड नगरपालिकामा तीन हजार छ सय ६४, बारेकोटमा पाँच हजार पाँच सय ८६ परिवार, कुशेमा पाँच हजार दुई सय ८६, जुनिचाँदेमा दुई हजार पाँच सय ३६, शिवालयमा तीन हजार तीन सय नौ गरी जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन् । 

हालसम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा रु छ करोड ३७ लाख २५ हजार, नौ करोड १६ लाख, बारेकोटमा रु १३ करोड ९६ लाख ५० हजार, कुशेमा रु १३ करोड २१ लाख ७५ हजार, शिवालयमा रु आठ करोड २७ लाख २५ हजार प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृ-त्यु आज रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित हुँदै हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग खेल्दै मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना म्यानपावर व्यवसायीलाई श्रममन्त्री र महानिर्देशकले एकै मंचबाट भने – ‘एजेन्ट हटाउनुस्’ यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश