२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुम्बई इन्डियन्सको उत्तराधिकारीमा रोहितको विकल्पमा कसरी छानिए पान्ड्या ?

१ पुष २०८०, आईतवार ०८:२९

पुस १, काठमाडौँ | सन् २०२२ को आईपीएल अक्सनअघि मुम्बई इन्डियन्सले अलराउन्डर हार्दिक पान्ड्यालाई रिलिज गर्‍यो । मुम्बईको उक्त निर्णयले पान्ड्या कुनै पनि टोलीमा भित्रने बाटो खुल्यो । पहिलो पटक आईपीएल खेल्न लागेको गुजरात टाइटन्सले उनीमाथि नजर लगायो ।

त्यतिमात्र होइन, कप्तानको जिम्मेवारी नै दियो । पहिलो सिजन नै गुजरात आईपीएलको विजेता बन्यो । कप्तानी गरेको पहिलो सिजन नै टोलीलाई प्रतियोगिताको उपाधि दिलाउने पान्ड्या आईपीएलमा सेन वाट्सनयता पहिलो कप्तान बने । त्यस सिजन मुम्बई प्रतियोगितामा सहभागी १० टोलीमध्ये १०औं तथा अन्तिम स्थानमा रहेको थियो ।


गत सिजन पनि गुजरातलाई फाइनलसम्म पुर्‍याएका पान्ड्या पुनः मुम्बई इन्डियन्स फर्किएका छन् । त्यतिमात्र होइन, मुम्बईले आगामी सिजनको लागि पान्ड्यालाई कप्तानको जिम्मेवारी दिएको छ । यसको मतलब आईपीएलका सर्वाधिक सफल कप्तान रोहित शर्मा मुम्बईको कप्तानबाट हटेका (हटाइएका पनि भन्न सकिन्छ) छन् । हाल भारतीय राष्ट्रिय टोलीको कप्तानसमेत रहेका शर्माविरुद्ध भएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पान्ड्या हाल सबै फर्म्याटमा भारतीय टोलीमा उपकप्तान रहेका छन् । गत एक दिवसीय विश्वकपमा भारत फाइनलसम्म पुग्दा पनि रोहित कप्तान र पान्ड्या उपकप्तान थिए ।

घरेलु मैदानमा भारतलाई उपाधि जिताउन नसकेपछि ३६ वर्षीय रोहित निराश छन् । सन् २००८ मा पहिलो पटक आईपीएल खेलेका रोहितले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा मुम्बई इन्डियन्सलाई आईपीएल उपाधि दिलाएका थिए । ती सबै संस्करणमा रोहित मुम्बईका कप्तान थिए । गुजरातबाट प्राप्त उपलब्धिकै कारण पान्ड्या भारतीय टोलीको नेतृत्वका लागि पनि दावेदार देखिएका छन् ।

आईपीएलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले सर्वाधिक ५-५ पटक उपाधि जितेका छन् । चेन्नईले जितेका सबै अवसरमा महेन्द्रसिंह धोनी कप्तान रहेका थिए । यसको मतलब धोनी र रोहित आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । तर, टी-२० फर्म्याटमा पछिल्लो समय रोहितको प्रदर्शन स्तरीय देखिँदैन ।

सोही कारण यसअघि कप्तानीको जिम्मेवारी दिने शर्तमा मुम्बईले पान्ड्यालाई भित्र्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत वर्ष आयोजित टी-२० विश्वकपमा रोहितले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । त्यहाँ उनले ६ खेल खेल्दै केवल ११६ रन बनाएका थिए । प्रतियोगितामा एउटा अर्धशतकमात्र रोहितको नाममा रहेको थियो । त्यसै वर्ष उनले आईपीएलमा खेलेका १४ खेलमा एउटा पनि अर्धशतक बनाउन सकेका थिएनन् । उनले १४ खेलमा २६८ रन जोडेका थिए ।

पछिल्लो समयमा रोहितको अनुपस्थितिमा पान्ड्याले भारतीय टोलीको कप्तानी गरिरहेका छन् । भारतले खेलेका पछिल्ला २५ टी-२० खेलमध्ये १३ वटामा पान्ड्याले कप्तानी गरेका छन् । उनलाई भारतीय टोलीमा टी-२० र एक दिवसीय फर्म्याटका लागि रोहितको उत्तराधिकारीका रुपमा हेर्न थालिएको छ । राष्ट्रिय टोलीको कप्तान बन्न सक्ने खेलाडी भएकाले पनि मुम्बईले पान्ड्यालाई उक्त जिम्मेवारी दिएको हुनसक्ने हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । रोहितसामु आसन्न टी-२० विश्वकपमा ठाउँ बनाउनसमेत चुनौती रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले यसै वर्ष आयोजना भएको आईपीएलमा १६ खेल खेल्दै ३३२ रन जोडेका थिए । मुम्बई प्लेअफसम्म पुगेको थियो । रोहितले कप्तानी गरेका १५८ खेलमा मुम्बईले ८७ वटा जितेको छ भने ६७ वटा हारेको छ । यतिबेला टी-२० विश्वकपअघि रोहितलाई आईपीएलमार्फत आफ्नो लय देखाउनु चुनौतीपूर्ण देखिएको छ । नत्र पान्ड्याले राष्ट्रिय टोलीमा समेत उनलाई विस्थापित गर्न सक्नेछन् ।

रोहित आईपीएल इतिहासमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २४३ खेलमा एक शतक र ४२ अर्धशतकसहित ६ हजार २११ रन जोडेका छन् । शीर्षस्थानमा रहेका विराट कोहलीको नाममा २३७ खेलमा ७ हजार २६३ रन रहेको छ । सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका पान्ड्याले हालसम्म १२३ खेल खेल्दै १० अर्धशतकसहित २ हजार ३०९ रन जोडेका छन् भने ५३ विकेट हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट