१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलबाट फर्किएका विद्यार्थीलाई श्रम स्वीकृति नै लिएर रोजगारीमा लैजाने इजरायलको प्रस्ताव

१ पुष २०८०, आईतवार ११:३८

पुस १, काठमाडौँ | ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ । गत ७ अक्टोबरमा इजरायलमा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्रमका लागि इजरायल पुगेका विभिन्न विश्वविद्यालयका २५८ जना विद्यार्थी नेपाल फर्किएका थिए ।

फर्किएकाहरू सबैलाई श्रम स्वीकृति नै लिएर इजरायलमा रोजगारीका लागि लैजाने प्रस्ताव इजरायलले गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले इजरायलबाट उनीहरू अब अर्न एन्ड लर्न कार्यक्रमका लागि नभई श्रम स्वीकृति नै लिएर रोजगारीको लागि लैजाने प्रस्ताव आएको बताए ।

‘अर्न एन्ड अर्न कार्यक्रमबाट फर्किएका विद्यार्थीलाई अफिसियल्ली नै रोजगारीमा लैजाने प्रस्ताव आएको छ । त्यसमा सरकारले निर्णय गरिसकेको छैन । छलफल चलिरहेको छ,’ सचिव भण्डारीले भने ।  

इजरायलका विभिन्न कृषि फार्महरू सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत नेपालबाट कृषि विषय पढ्ने विद्यार्थीहरू इजरायल जाँदै आएका छन् । उक्त आक्रमणपछि भने सबै विद्यार्थी नेपाल फर्किएका थिए ।

उक्त कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने ट्रेनिको रूपमा ४९ जना कृषि विषय पढ्ने विद्यार्थीलाई पठाएको थियो । त्यस्तै कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनबाट ११९ जना विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना गरी २६५ जना विद्यार्थी इजरायल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार