१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाउने १३ मध्ये ८ जनाविरुद्ध कुनै उजुरी परेन

२ पुष २०८०, सोमबार ०८:०६

पुस २, काठमाडौँ | युवालाई अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाएको आरोपमा पक्राउ परेका १३ जनामध्ये ५ जनाविरुद्ध मात्रै जाहेरी परेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ जनालाई पक्राउ गरेर मंसिर २० गते सार्वजनिक गरेको थियो। प्रहरीले त्यतिबेला १३ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा उनीहरु विरुद्ध एउटा पनि उजुरी परेको थिएन। 

जसकारण प्रहरीले सुरुवाती क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। तर अहिले भने पक्राउ परेकामध्ये ५ जनाविरुद्ध जाहेरी आएको परिसरको मुद्दा फाँटका डीएसपी अंगुर जिसीले जानकारी दिए।


पक्राउ परेका मध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भइ काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २३ वर्षीय मनिष न्यौपाने, लमजुङको दोर्दी गाउँपालिका–२ घर भइ टोखा बस्दै आएका ३५ वर्षीय ईश्वरप्रसाद अधिकारी र शंकर लिम्बूविरुद्ध जाहेरी परेको छ। 

४ जनाविरुद्ध ठगीको कसुरमा जाहेरी परेको छ। शंकरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी परेको छ। उनीहरुविरुद्ध २ दर्जन व्यक्तिले जाहेरी दिएका छन्। २ दर्जन व्यक्तिले १ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी दिएका छन्।

पक्राउ परेका मध्ये ८ जनाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौं–१६ का २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानीलकण्ठ–१३ का ३१ वर्षीय क्षितिज गिरी, सिरहाको गोलबजार नगरपालिका–३ का १९ वर्षीय दीपेन परियार, काभ्रेको सल्लेभम्लु गाउँपालिका–१ का २९ वर्षीय सुवास लामा, चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय गोकर्ण अर्याल र दाङको घोराही उपमहानगरपालिका–८ का ३८ वर्षीय द्रोण डाँगीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको परिसरका डीएसपी जिसीले बताए।

यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ। अर्कोतर्फबाट काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ। 

रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ। यो गिरोहले विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी विभिन्न प्रोसेसमार्फत् रुस पठाए वापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको दाबी गरिएको छ। गिरोहले पठाएकामध्ये अहिलेसम्म ११ जना नेपालीहरु भने फर्केर नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार