२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

२ पुष २०८०, सोमबार ०८:५१

पुस २, काठमाडौँ | रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् ।  मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक्रबार मृत्यु भएको खबर प्राप्त भएपछि दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको हो । 


शाहका अनुसार भरतसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका रोशन थापाले भरत मारिएको खबर पठाएका थिए । गत २६ नोभेम्बरमा रुसको सीमा क्षेत्रमा गोली लागेर भरतको मृत्यु भएको खबर रोशनले आफ्नो घरमा पठाएको र उनको परिवारमार्फत भरतको मृत्यु भएको खबर पाएको बिर्खले बताए ।

रोशनले आफ्नी श्रीमतीलाई भरतको गोली लागेकै स्थानमा मृत्यु भएको म्यासेज पठाएका थिए । गोली लागेर रोशन घाइते रहेको बताइएको छ । आफन्तका अनुसार दुबईमा काम गर्दै आएका भरत गत ३० साउनमा उतैबाट रुसी सेनामा भर्ना हुन गएका थिए । रुसी सेनामा भर्ना भएपछि पनि उनले घरमा कुराकानी गरेको आफन्तले बताएका छन् ।

शाह प्रहरीबाट राजीनामा गरेर तीन वर्षअघि दुबई गएको पारिवारिक स्रोतले जनाएको छ । उनले सात वर्ष प्रहरीमा काम गरेका थिए । दुबईमा उनी सुरक्षा गार्डको काम गर्थे । उनी गत वर्ष असोजमा घर आएर फागुनमा फर्किएको उनका दाइ बिर्खले बताए । भरतको मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी गराएको छैन ।

भरतको शव आउने÷नआउनेसमेत टुंगो नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनको परिवारले जनाएको छ । आफन्तका अनुसार मृतकका आमा, बुवा, श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट