२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कम्मर तलको मासु निस्किएको अवस्थामा १० दिनदेखि सम्पर्कविहीन बालक मृत फेला

२०८०, २ पुष सोमबार ०९:५०

पुस २, गुल्मी | गुल्मीको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कविहीन बालक जंगलमा मृत फेला परेका छन्। हर्राचौर टुटिनाकी रम्बा थापा क्षेत्रीको ६ वर्षीय छोरा २२ मंसिरको दिउँसो २ बजेबाट परिवारको सम्पर्कमा थिएनन्।

बालकलाई सोमबार दिउँसो स्थानीयले घरदेखि एक किलोमिटर टाढा जंगलमा मृत अवस्थामा फेला पारेको चन्द्रकोट गाउँपालिका– ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिए।

बालक दृष्टिविहीन थिए। बालकको कम्मर तलको मासु निस्किएको अवस्थामा देखिएकाले मृत्युको कारणबारे अनुसन्धानपछि पत्ता लाग्ने सुवेदीले बताए। 

लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजतलास गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नै नेतृत्वमा प्रहरीको टोली घटनाबारे थप अनुसन्धानका लागि घटनास्थल हिँडेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी