2026-09-07 02:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के दाउद इब्राहिमको मृत्यु भएको हो ?

एजेन्सी | भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ । बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो । उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास मृत्यु भएको बताइन्छ । यो खबरको आधिकारिक पुष्टि भने कतैबाट हुन सकेको छैन । हिजो दिनभर नै यो खबरले निक्कै प्रधानता पायो । विशेषगरी, युट्युबलगायत सामाजिक सञ्जाल र भारतका नाम चलेका ब्लगर एवं विश्लेषकबीच यो निक्कै चर्चाको विषय बन्यो ।

दाउदको मृत्युको खबर पुष्टि हुन नसके पनि उनलाई गम्भीर हालतमा पाकिस्तानको कराँचीस्थित एक ठूलो अस्पताल लगिएको भने लगभग पक्का भएको छ । अस्पतालको उनी रहेको तल्ला पुरै खाली गरिएको र सेनाको कडा सुरक्षाबीच राखिएको पनि पक्का खबर छ । पाकिस्तानमा अनायासै इन्टरनेट बन्द गरिएको थियो । पाकिस्तानका मूलधारका मिडिया मात्र नभई युट्युब च्यानललाई समेत दाउदसम्बन्धी समाचारमा ‘चुपरहन’ सरकारी आदेश प्राप्त भएको पनि बताइन्छ ।

यसैबीच दाउदका सम्धी पूर्वक्रिकेटर जाबेद मियाँदाद र उनको परिवारलाई समेत सैनिक घेरामा नजरबन्द राखिएको बताइन्छ । मियाँदादले दाउदका बारेमा केही बोल्न नचाहेको समेत बताइन्छ । यो सबलाई हेर्दा दाउदका सम्बन्धमा केही ‘उल्लेखनीय घटना’ भएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

पाकिस्तानी सरकारका तर्फबाट यो खबर पुष्टि वा खण्डन दुवै हुने सम्भावना अत्यन्तै कम छ । भारतको तमाम आरोप र प्रमाणका बाबजुद पाकिस्तानले दाउद आफ्नो भूमिमा रहेको स्वीकार गरेको छैन । पाकिस्तानले सधैं दाउद आफ्नो भूमिमा नरहेको बताउँदै आएको छ । एउटा समाचार सूत्रले त दाउदको मृत शरीर कुनै बेला तेस्रो मुलुकमा गुप्त रूपमा सारिँदै छ र त्यहींबाट उनको मृत्युको खबर सार्वजनिक हुँदै छ भन्ने सम्म दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ