२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चाडपर्वको समय सुदुर पश्चिममा सरकारी गाडीको दुरुपयोग

२०७३, २९ आश्विन शनिबार १३:३१

प्रकाश भाट | असोज २९, डडेल्धुरा | चाडपर्वका समयमा सुदुर पश्चिममा सरकारी गाडीको बढी दुरुपयोग हुदै आएको छ । सरकारी जिप देखी मोटरबाईक कार्यालयका कर्मचारीहरुले निजि, घरको काममा प्रयोग गर्ने गरेका छन् । 

घरको समान ढुवानी देखी आफ्न्तलाई बोक्नमा सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको । सुदुरपश्चिमको डडेल्धुरा लगायत अन्य आठ बटै जिल्लामा चाडवर्पका समयमा कर्मचारीहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । डडेल्धुरा, कैलाली,कञ्चनपुर, बैतडी, डोटी, अछाम, बाजुरा, दार्चुला, बझाङ जिल्लाका सरकारी अधिकांस सरकारी गाडीको व्यापक रुपमा दुरुपयोग भईरहेको स्थानिय बासीन्दाहरुले गुनासो गरेका छन् । साथै सुदुरपश्चिमका जिल्लामा अन्य जिल्ला घर भई काम गर्ने कर्मचारीहरु समेत सरकारी गाडी प्रयोग गरी आफ्नो गृह जिल्ला जाने गरेका छन् । गाडी मात्रै नभई ईन्धन समेत कार्यालयकै पैसामा खरिद गरी प्रयोग गर्ने गरेको पाइएको छ ।

अन्य समय भन्दा चाडपर्वका समयमा सरकारी गाडीको बढी प्रयोग हुने आम सर्वसाधारणले बताएका छन् । चाडपर्वका समयमा सुदुरपश्चिमका सडकहरुमा सरकारी गाडी बढी चल्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलाली स्रोतले जनाएको छ । सरकारी गाडी एक जिल्ला भन्दा अर्को जिल्ला लैजानु पर्दा सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमती लिनु पर्ने भए पनि त्यसो नगर्ने गरेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन । केहीले जिपको अनुमती लिने गरेको भएपनि मोटरबाईकको भने अमनुती नलिने गरेको समेत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी