२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलाई अझ धेरै भ्रष्टाचार काण्ड निकाल्न र भूमाफियामाथि हान्न मन छ: प्रधानमन्त्री प्रचण्ड

२०८०, ३ पुष मंगलवार ०८:५२

पुस ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यतिबेला सुशासन र सामाजिक न्याय तथा समृद्धिको एक सूत्रीय नारा लिएर अघि बढेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार भएको बैठकमा उनले आफूलाई संसदको साथ चाहिएकोसमेत बताए ।

समितिमा प्रश्न उठाउने सांसदहरुलाई उनको उल्टै प्रश्न थियो, ‘म त बाहिर भएर, थाहा पाइनँ । सांसदज्यू नेपालमै भएर पनि किन थाहा पाउनुभएन ?’

प्रधानमन्त्रीको थप भनाइ

म त दुबई भएर जानकारी पाएन होला । तपाईंहरु सांसदले किन जानकारी पाउनुभएन ? तपाईंहरु त नेपालमै हुनुहुन्थ्यो त ! प्रक्रियामा नै नपसेपछि कसरी थाहा पाउनु र मैले ! जुन दिन मिडियामा आयो, लगत्तै त हामी लागिसकेका छौं । जुन प्रधानमन्त्री यतिबेला सुशासन र सामाजिक न्याय तथा समृद्धिको एक सूत्रीय नारा लिएर अघि बढेको छ । सांसदको साथ चाहिएको छ ।

हो, काण्डैकाण्ड नेपालमा निरन्तर भइरहेका छन् । सबै काण्ड एकै प्रकृतिको हुँदैन र चरित्र पनि एउटै हुँदैन । यो पटकका काण्ड कस्ता छन् त हेर्नुस् न ? मिटरव्याजी काण्ड, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, अन्य भ्रष्टाचार काण्ड उस्तै हुन् त ? यति सबै काण्ड उस्तै हुन् भने त सामाजिक सञ्जालमा चाहिने नचाहिने कुरा गरेर हाम्रो र त्यो भाषा एउटै भयो भने प्रणालीलाई संरक्षण गरेको भयो कि आक्रमण हो ?

मलाई अरु केही गर्नु छैन । मैले गर्नुपर्ने जति गर्न पाएको छैन, सुशासन, न्याय र समृद्धिको बाटोमा । अझै मलाई धेरै भ्रष्टाचार र भूमाफियामाथि हान्न मन छ । म केही हदसम्म सन्तुष्ट पनि छु । मैले नेपालको कूटनीतिक सन्तुलन कायम गर्न आक्रामक ढंगले गएकै छु । यदि यस्तो अवस्थामा पनि भएन भन्नुभयो भने को चाहिँ आएर के पो हुन्छ यहाँ ? म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी