३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपतिको चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई झट्का, चुनाव लड्न अयोग्य ठहर

४ पुष २०८०, बुधबार ०७:३६

पुष ४, काठमाडौँ | अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले चुनाव लड्न अयोग्य ठहर गरेको छ। करिब ३ वर्ष अगाडि अमेरिकी संसद् भवनमा भएको विद्रोहमा संलग्न रहेको भन्दै कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई आफ्नो राज्यमा चुनाव लड्न अयोग्य ठहर गरेको हो। 

संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै अदालतले ट्रम्पलाई चुनावी प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको हो। 

अदालतले यस्तो फैसला सुनाएको पहिलो पटक हो। अदालतले अमेरिकी संविधानको १४औं संशोधनको धारा ३ को प्रयोग गर्दै कुनै व्यक्तिलाई राष्ट्रपतिको निर्वाचनका लागि अयोग्य ठहर गरेको हो। 


यसअघि अमेरिकाका कयौ राज्यमा ट्रम्पमाथि निर्वाचन लड्न रोक लगाउने कोसिस असफल भएको थियो। 

मंगलबार आएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुने छ। यो फैसलामाथिको अपिल होल्डमा राखिएको छ। यसलाई पछिल्लो महिनासम्म होल्डमा नै राखिने छ। 

शीर्ष अदालतले आफ्नो फैसलामा लेखेको छ,  ‘ हामी यो निष्कर्षमा यसै पुगेका छैनौँ। हाम्रासामु जुन सवाल उठेको छ, यसको परिणाम कति ठूलो हुने छ भन्नेबारे जानकार छौँ।’ 

अदालतले कानुनको कार्यान्वयन गर्ने कुरामा गम्भीर रहेको पनि भनेको छ। 

‘यस्तै हामी कानुन कार्यान्वयन गर्ने आफ्नो गम्भीर कर्तव्यप्रति सचेत पनि छौँ। बिना कुनै डर, पक्षपात र फैसलामाथि आउने जनताको प्रतिक्रियासँग प्रभावित नभइ यो फैसला कानुन सम्मत रुपमा लिइएको छ,’ फैसलामा भनिएको छ।  

२०२० को राष्ट्रपति जुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै जनवरी २०२१ मा ट्रम्पका सर्मथकहरुले क्यापिटल हिलमा प्रवेश गरेर तोडफोड समेत गरेका थिए।  उनीमाथि आफ्ना सर्मथकलाई उस्काएको आरोप लाग्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट