२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

२०८०, ५ पुष बिहीबार १०:०७

पुस ५, काठमाडौं | गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् । 

यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सयको मृत्यु भएको थियो । त्यसयता इजरायल र हमासबीच लगातार संघर्ष चलिरहेको छ । बीचमा ६ दिन संघर्षविराम भए पनि पुन: इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । यस बीचमा हमासले १०० बन्धक छाडेको छ त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ । अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ