३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जेलले बन्दीमाथि निगरानी गर्न कुकुरको ठाउँमा हाँसको हुल राखेपछि…

९ पुष २०८०, सोमबार ०९:४५

एजेन्सी | ब्राजिलको सान्टा क्यान्टरिना राज्यमा रहेको एउटा जेलले हालै बन्दीहरूमाथि निगरानी गर्ने कुकुरहरूको समूहलाई हटाएर हाँसको हुल राखेको छ । यी हाँसहरूले बन्दी भाग्न थालेकोलगायत अनौठो खालको आवाज सुनेपछि हल्लाखल्ला गर्छन् । 

अहिलेको समयमा जेलहरूले बन्दीहरू भाग्न नसकुन् भनेर अनेकौँ उन्नत र परिष्कृत प्रविधिहरू जडान गरेका हुन्छन् । कहिलेकाहीँ उन्नत प्रविधि पनि बन्दीलाई भाग्नबाट रोक्न असफल हुन्छन् । त्यसैले यी प्रविधि बाहेक ब्याक अप एनालग डिटेक्शन प्रणाली राख्नु पनि ठिक हुन्छ ।


ब्राजिलका कयौँ जेलहरूले चाहिँ सुरक्षाकर्मी कुकुरलाई हटाएर हाँस राखेका छन् । यो उपाय प्रभावकारी हुनुको साथै सस्तो भएको बताइएको छ । हाँसको श्रवण शक्ति निकै चर्को हुन्छ । अनौठो आवाज सुन्ने बित्तिकै यिनीहरू कराउन थालिहाल्छन्  अनि मानव सुरक्षाकर्मीहरूलाई अलर्ट गराइदिन्छन् । ‘जेलमा विद्युतीय सर्भिलियन्स छ, मान्छेहरूले पनि निगरानी राखिरहेका हुन्छन्…. यसमाथि यी हाँसहरूले पनि निगरानी गरिरहेका छन्, कुकुरलाई हटाएर हाँसहरू राखिएको हो,’ जेलका निर्देशक मार्कोस रोबर्टो डि सुजाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सलाई भने । ‘राति निकै शान्त हुन्छ । दिनको बेलामा पनि जेल शान्त नै हुन्छ । राति त सन्नाटा झनै बढी हुन्छ । त्यसैले सुरक्षाका लागि हाँसको प्रयोग उपयोगी छ,’ उनले भने ।  

हाँसको हुलले जेलको भित्री पर्खाल र मुख्य बाहिरी पर्खालबीचको हिस्सामा गस्ती गर्ने बताइएको छ । कम्तिमा पनि १२ वर्षदेखि ब्राजिलका जेलहरूले बन्दीहरूलाई भाग्नबाट रोक्न हाँसमाथि निर्भर गरिरहेका छन् । साओ पाओलोको सोब्राल जेलले सन् २०११ मा शङ्कास्पद गतिविधिका लागि मानव सुरक्षाकर्मीहरूलाई सतर्क गराउन हाँसको हुल राखेपछि यो खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा हेडलाइन नै बनेको थियो । दुई वर्षदेखि चीनले पनि सीमामा आप्रवासीहरूमाथि निगरानी राख्न हाँसकै प्रयोग गरिरहेको छ । हल्ला थाहा पाउन अनि मान्छेलाई यसबारे थाहा दिन हाँसहरू कुकुर भन्दा पनि राम्रो भएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट