२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाइलट नै नभएको कार्गो विमान उडेपछि

१० पुष २०८०, मंगलवार ०८:०९

एजेन्सी | विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो ।


कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान प्रणालीमा काम गरिरहेको थियो । यसमार्फत पाइलटले टाढै बसेर विमानलाई चलाइरहेका थिए । नोभेम्बरमा ५० मिनेटको एउटा फ्लाइट पूरा गरेको कम्पनीले हालै घोषणा गरेको थियो । विमानको नाम सेस्सेना काराभ्यान थियो । सिंगल इञ्जिन भएको यो विमान उडान तालिम, पर्यटन, मानवीय मिसन र क्षेत्रीय स्तरमा कार्गो सेवाका लागि बढी चर्चित छ ।

सेस्सेनाले ३ हजार थान क्याराभ्यान बनाइसकेको छ । यो कार्गोका लागि सबैभन्दा बढी प्रयोगमा आएको विमान भएको रिलायबल रोबोटिक्सका सीईओ रोबर्ट रोजले बताए । यो विमान अहिलेका ठुला विमानको तुलनामा कम उचाइ अनि प्रतिकूल मौसममा उड्छ । त्यसैले यी विमानहरू चलाउन चुनौतीपूर्ण भएको अनि यिनीहरूको सञ्चालन सुरक्षामा सुधार ल्याउन स्वचालनले निकै लामो दूरी तय गर्नु पर्ने रोजले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै